शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘उज्यालोको यात्रा नै धर्मको मूल प्रयोजन ।’

आइतबार, २९ असार २०७६, १० : २०
आइतबार, २९ असार २०७६

पण्डित श्रीराम शर्मा आचार्य

धर्मको आरम्भ र प्रचलन खास गरेर आदर्शवादी श्रद्धा, सद्भावनाको वीजारोपण र सम्बर्धन का निमित्त भएको पाइन्छ । सभ्यताका आरम्भिक दिनहरुमा धर्मका सृजेताहरुले आफआफ्ना समय र स्थानविशेषका आवश्यकतालाई ध्यानमा राखेर व्यक्ति र समाजलाई नैतिक दृष्टिले अधिक उन्नत र समर्थ बनाउन सक्ने दर्शन र प्रचलन खडा गरेका थिए । समय क्रममा प्रचलित धर्मका धारणाहरु जीर्ण हुँदै गए र तिनमा रुढिवाद र अन्धविश्वासले प्रवेश पाउँदै गयो । प्रवेशीको अनुपात बढ्दै गएर असमेल नै भएपछि सुधार वा परिवर्तनबाहेक अरु कुनै उपाय बाँकी रहेन । पुराना धर्मका ठाउँमा नयाँ धर्मको स्थापन र प्रचलन यिनै आधारमा भएका छन् । जa सुधारका नयाँ स्थापनाहरु पनि समयक्रममा पुरानिँदै र अवान्छनीय हुँदै जान्छन्, त्यतिबेला तिनलाई पनि बदल्नुपर्ने आवश्यकता खडा हुन्छ ।

संसारमा प्रचलित धर्महरुमध्ये हिन्दू, इसलाम, बौद्ध इसाइ आदिका अनुयायी बढी छन् । अन्य विभिन्न धर्म पनि छन् जो आ–आफ्ना सीमित क्षेत्रमा प्रचलित छन् । यीमध्ये कति धर्मका दर्शन तथा परम्पराहरु बडो शानदार रहिआएका पनि छन् । धर्मका सन्दर्भमा चर्चा गर्दा बौद्धधर्मको चर्चा विशेष उत्साहका साथ गर्न सकिन्छ । आरम्भमा बुद्ध धर्म पनि त्यति वृहत् थिएन । समय क्रममा यसले छिट्टै नै धेरै प्रभावकारी र व्यापक रुप लियो ।

*******

धर्मका सन्दर्भमा चर्चा गर्दा बौद्धधर्मको चर्चा विशेष उत्साहका साथ गर्न सकिन्छ । आरम्भमा बुद्ध धर्म पनि त्यति वृहत् थिएन । समय क्रममा यसले छिट्टै नै धेरै प्रभावकारी र व्यापक रुप लियो ।

*******

कति धर्म त पूजा, पाठ, जप, ध्यान व्रत, उपवास आदि कर्मकाण्डहरुमाथि नै बढी जोड दिन्छन् । कर्मकाण्डबाट इश्वरको कृपा पाइने र सांसारिक धनसम्पत्ति थुपार्न सकिने सोचमै मात्र सीमित रहन्छन् । तर जसमा विचारशीलता छ तिनले धर्ममा सदाचार र सद्व्यवहारमा जोड दिएकाछन् । साधनहरुलाई लोकमङ्ंगलमा लगाउने कुरामा विशेष जोड दिएका छन् । समाजका समझदारवर्गले तिनैलाई विशेष रुपमा सराहना गरेकाछन्, अपनाएका छन् । यस्ता धर्ममध्ये कतिपयको गणना विशेष रुपमा पनि भएको छ । अहिले यहाँनिर बुद्धधर्मको चर्चा विशेषरुपमा गरिँदैछ । यद्यपि यसका वृहत्तर आदर्शहरु एशियाका नक्सामा कतै कतै मात्र स्थापित रहन पाएका छन् तर पनि यसका मूलभूत आधार तथा तत्त्वदर्शन कति श्रेष्ठताले भरिपूर्ण थियो अनुमान गर्न सकिन्छ । समयले जतिखेर जुन आवश्यकता औंल्यायो तदनुरुप नै अवतार परम्पराको व्यवस्थापन गरिएको पनि पाइन्छ । यसैलाई धर्मचक्र प्रवर्तन भनिन्थ्यो । यस्ता गतिविधि कुनै कालखण्डमा विश्वभर प्रचलित थिए ।

छुवाछूत प्रथा, धर्मका वाहिरी आडम्बर र कर्मकाण्ड लगायतका समस्याहरु निवारण गर्न आजभन्दा पच्चीस सय वर्षअघि महात्मा बुद्धले सामाजिक क्रान्तिको उद्घोष गर्नुभएको थियो । छ वर्षको कठिन तपस्यापछिको बोधप्राप्तिको लगत्तै वहाँले बनारसको सारनाथमा बोधप्रवचन दिनुभएको थियो । यसैको फलस्वरुप वहाँका पाँच शिष्यहरु दीक्षित भए । । बुद्ध धर्म अभियानको जग बस्यो ।

 पछि ८०जना बौद्ध परिव्रजक भिक्षुहरु अगाडि आए । यिनीहरु बुद्ध धर्म प्रचारप्रसारका अभियन्ता नै थिए । यिनीहरुलाई अस्सी महाश्रावक भनिन्थ्यो ।

http://cdn.historydiscussion.net

कलिंग युद्धको हृदयविदारक अनुभूतिपछि सम्राट् अशोकले पनि बुद्धधर्म अपनाउनुभयो । वहाँले बुद्धधर्मको प्रचारमा आफ्नो धनशक्ति र जनशक्ति सवै लगाउनुभएको पाइन्छ ।

*******

८० वर्षको उमेरमा महात्मा बुद्ध महानिर्वाणमा जानु भयो । त्यति बेलासम्ममा मगधका महाराजा बिम्बसार, अजातशत्रु र यता बुद्धका पिता शुद्धोदन, बुद्धका छोरा राहुल सवै बुद्ध धर्मका अनुयायी बनिसकेका थिए । कलिंग युद्धको हृदयविदारक अनुभूतिपछि सम्राट् अशोकले पनि बुद्धधर्म अपनाउनुभयो । वहाँले बुद्धधर्मको प्रचारमा आफ्नो धनशक्ति र जनशक्ति सवै लगाउनुभएको पाइन्छ ।

प्रथम शताव्दीमा आएर राजा कनिष्कले सम्राट् अशोकको जस्तै जोसजाँगर लिएर बुद्ध धर्मको प्रचारप्रसार गरे । उनी विदेशी थिए र पनि बुद्धको आदर्शप्रति समर्पित थिए । आफ्नो पूरै जीवन बुद्ध धर्मको प्रचारप्रसारमा लगाए ।

पाँचौ शताब्दीदेखि बाह्रौं शताब्दीसम्ममा सिङ्गो एशिया र आसपासका अन्य विभिन्न मुलुकमा पनि बुद्ध धर्मको प्रचार प्रसार व्यापक भयो । कति देशले त यसलाई मूल धर्मका रुपमा नै अँगाले ।

नालन्दा र तक्षशिलाजस्ता विश्वविद्यालयहरुमा बुद्धदर्शनका प्रखर अध्येताहरु जुट्थे । शिक्षार्थीहरु उद्भट विद्वानहरुबाट  शिक्षित दीक्षित हुन्थे । तिनीहरुलाई बुद्धका सन्देशहरु जनतामा पुर्‍याउन विभिन्न मुलुकमा पठाइन्थ्यो । कति विद्वान्हरु समर्पणभावका साथ स्वेच्छाले पनि बुद्ध दर्शनको प्रचारमा प्रवृत्त हुन्थे । यस अभियानलाई धर्मचक्रप्रवर्तन पनि भनिन्थ्यो ।

छैटौं शताब्दीमा आएर जापानका राजकुमार शोटोक पनि बुद्ध दर्शनबाट प्रभावित भए । शासनसत्ता सम्हाल्नासाथ उनले स्वेच्छापूर्वक मुलुकमा धेरै यस्ता सुधार कार्य गरे, जुन कार्य विभिन्न आन्दोलनबाट पनि हुन सकिरहेको थिएन । उनले वंशवर्चस्वलाई समाप्त गरिदिए । छरिएकका विभिन्न जातजातिलाई मिलाएर एकता निर्माण गरे । राजस्वका अधिकांश भाग जनकल्याणमा खर्च हुने किसिमबाट शासन सत्ताको व्यवस्थापन गरे ।  शासक समुदाय र सेनाको सङ्ख्या घटाए ।  शासनप्रशासनमा खर्च हुने ठुलो धनराशि कटौती गरे र जनकाको उत्थानमा लगाए । त्यति बेलाका लागि यो एक युगान्तकारी काम थियो ।

http://en.taoholycity.com

ताओ धर्मले खराब काम नगर्नमा बढी जोड दिन्थ्यो । फलतः युद्ध र अपराधका सिलसिला धेरै हदसम्म रोकियो ।

*******

कुनै समय उत्तरी एसियाको सुविस्तृत क्षेत्रमा ताओ धर्म फैलिएको थियो । यस धर्मले खराब काम नगर्नमा बढी जोड दिन्थ्यो । फलतः युद्ध र अपराधका सिलसिला धेरै हदसम्म रोकियो । मुलुकमा सुख शान्ति कायम गर्नका निमित्त मिलेर प्रगतिमा सरिक हुन जनतामा उत्साहको जागरण आयो ।

यता चीनमा ताओ धर्मका प्रसिद्ध प्रचारक लाओत्जू एवम् चुआ नंगजूका सोचविचारहरुबाट  चौथोदेखि छैटौं शताव्दीसम्म जनसाधारणहरु प्रभावित थिए । ताओ विचारधारामा बुद्ध दर्शनको गहिरो छाप छ । यसमा पनि खराब कर्मबाट जोगिने र सद्भावका साथ सद्व्यवहार गर्ने शिक्षा छ । जबसम्म ताओ विचारधाराले चीनमा प्रभाव कायम राख्नसक्यो तबसम्म चीनको जनजीवन सभ्य समुन्नत र सुखी थियो ।

https://d1cv1pewbvxxsf.cloudfront.net

शिन्तो धर्मको मूल आधार ईश्वरीय सत्ताप्रति अटूट विश्वास हो । जीवनमा जागरुकता, स्वच्छ हृदय, शालीन व्यवहार र इमानदारी : यस धर्मकोआधारशीला हो ।

*******

शिन्तो धर्म  जापानको अति प्राचीनतम राष्ट्रिय धर्म हो । छैटौं शताब्दीमा यस शव्दको प्रयोग विशेषतः राष्टिय धर्मलाई बौद्ध धर्मबाट पृथक देखाउने उद्देश्यले गरिएको थियो । यस धर्मबाट जापानको सामाजिक जीवन आमूल रुपमा प्रभावित थियो । शिन्तो धर्मको मूल आधार ईश्वरीय सत्ताप्रति अटूट विश्वास हो । जीवनमा जागरुकता, स्वच्छ हृदय, शालीन व्यवहार र इमानदारी : यस धर्मकोआधारशीला हो । यस धर्मअनुसार प्रत्येक मनुष्य ईश्वरका छोराछोरी हुन् । यसैले हरेक व्यक्तिका अधिकारहरुको रक्षा गर्नु मानिसको मूल कर्तव्य घोषित गरिएको थियो ।

द्वितीय विश्वयुद्ध आरम्भ हुँदासम्ममा शिन्तो धर्म राजनीतिको पनि अभिन्न अङ्ंग बनिसककेको थियो । शासक वर्गको प्रमुख कर्तव्य धार्मिक चेतना जागृत गर्नु र राजनीतिक प्रक्रियाहरुको विकास गर्नु मानिन्थ्यो । इ०सं० १९४५सम्म जापानमा २१८ मण्डल र १ १० ००० स्थानयि मन्दिर थिए ।

महात्मा बुद्धले शीलमा जोड दिनुभएको थियो । अन्य धर्मले पनि असल आचरणमा जोड दिएका छन् । सदाचार धर्मको वाह्य स्वरुप हो र सद्भाव आन्तरिक स्वरुप । सज्जनता, सरलता, सादगी, सहानुभूति, सम्वेदना, दया, करुणा, प्रेम, औचित्य, आदि धर्मका आभ्यन्तरिक स्वरुप हुन् भने श्रम, संयम, न्याय, विवेक आदि धर्मका क्रियात्मक वाह्य स्वरुप हुन् । भावना उपासना हो भने क्रिया साधना हो । सद्भाव र सत्कर्म ऋणात्मक र धनात्मक बिद्युत्जसरी परस्पर आवद्ध नबनेसम्म प्रकाशको उत्पादन सम्भव छैन । ज्ञानविनाको कर्म र कर्मविनाको ज्ञान दुवै अपूर्ण रहन्छन् । यी दुवैका बीचको समन्वयबाट नै धर्माचरणले पूर्णता प्राप्त गर्छ । कुनै मानिसको दीन, हीन, असहाय स्थिति देखेर हाम्रो मनमस्तिष्कमा सहानुभूति तथा सम्वेदनाभाव त उत्पन्न हुन्छ तर आवश्यक सेवा सहायताका लागि तदारुक प्रयास गरिँदैन भने धर्मका दृष्टिले त्यो अपूर्ण आचरण हो । यसरी नै कसैले दुःखित पीडितप्रति सच्चा सहानुभूति र सद्भावनाविना केवल अहङ्ंकार तृप्त गर्न, प्रसिद्धि कमाउन वा जागीर पचाउन पीडितको सेवा सहायता गर्छ भने त्यो छद्म आचरण हो । सदाचरण होइन । सद्भावना र सत्कर्मको समन्वयलाई मात्र सदाचार भन्न सकिन्छ । पूर्ण आचरण भन्न सकिन्छ ।

*******

कुनै मानिसको दीन, हीन, असहाय स्थिति देखेर हाम्रो मनमस्तिष्कमा सहानुभूति तथा सम्वेदनाभाव त उत्पन्न हुन्छ तर आवश्यक सेवा सहायताका लागि तदारुक प्रयास गरिँदैन भने धर्मका दृष्टिले त्यो अपूर्ण आचरण हो ।

*******

धर्माचरण अर्थात् सदाचार समस्त मानवताका लागि माङ्ंगलिक निष्कर्ष हो । आफ्ना हृदयका निर्मल भावनाहरुलाई परिष्कृत र प्रसारित गर्दा मानिस असीम शान्ति र सौख्यको अनुभूति गर्न सक्छ । धर्मको सम्बन्ध आस्थासँग छ, इमानसँग छ । इमानलाई धर्मको पर्याय भन्न सकिन्छ । इमानदारीले मानिसलाई ईश्वरको समकक्ष उभ्याउँछ भने बेइमानीले नरकको गेट खोलिदिन्छ ।

धर्म सदाचार हो । हामीले सदाचारको रक्षा गर्‍यौं भने सदाचारले हाम्रो रक्षा गर्छ । धर्मो रक्षति रक्षितः । अर्थात् रक्षित धर्मले रक्षा गर्छ ।  धर्मका सम्बन्धमा प्रचलित यो सही सिद्धान्त हो । मानिस सामान्यतः धेरै स्वार्थी जीव हो । कुनै पनि काम गर्दा मानिस प्रथमतः आफ्नो फाइदा हेर्छ । मानिस गाईभैँसी घोडाबाख्रा किन पाल्छ ? आफ्नो फाइदाका लागि पाल्छ । बाघ, भालु, स्याल, ब्वाँसो, चितुवा किन पाल्दैन ? फाइदा देख्दैन र पाल्दैन । यो कुरा जीवनका हरेक क्षेत्रमा लागु हुन्छ ।

मनिस विवेकशील प्राणी पनि हो । विवेककै कारण कति मानिसहरु धर्मलाई महान् ठान्छन् । धर्मका लागि सुखसुविधा त्याग गर्छन् । कष्टपूर्ण संघर्षको बाटो अपनाउँछन् । सङ्घर्षकै नाम तपस्या हो । लाखौं वर्षको अनुभवले मानिसलाई धर्मको रक्षा गर्न सिकाएको छ र रक्षित धर्मले आफ्नो रक्षा गर्छ भन्ने पनि सिकाएको छ । यसै आधारमा मानिसहरु धर्माचरण अपनाउँदै आएका छन् ।

जहाँ राम्रा कुरा हुन्छन् कालान्तरमा त्यहाँ नराम्रा कुरा पनि मिसिन आइपुग्छन् । धर्मलाई मानिसहरु महत्त्वपूर्ण ठान्छन् र यसका लागि त्याग पनि गर्छन् । त्यागको लाभ चोर्न कति स्वार्थी र आडम्बरी मानिस पनि धार्मिक संस्थानमा छिर्छन् । पहिले धर्मगरुहरु उत्कृष्ट ज्ञान र चरित्रले विभूषित हुन्थे । सही उपदेश दिन्थे । समयक्रममा स्वार्थी आडम्बरीहरु पनि धर्मगुरुका आसनमा पुगे । व्यक्तिगत लाभका लागि नक्कली धर्मका उपदेश दिन थाले । कालान्तरमा श्रोताहरुलाई कुन नक्कली कुन सक्कली निर्क्यौल गर्न असहज हुने अवस्था आयो । यसरी आज धर्मका नाममा गरिने कति कामहरु धर्मकर्म नभएर पापकर्म पनि छन् । आज तुलनात्मक रुपमा पापकर्मको मात्रा अधिक भएको अवस्था पनि सिर्जना भएको छ ।

*******

त्यागको लाभ चोर्न कति स्वार्थी र आडम्बरी मानिस पनि धार्मिक संस्थानमा छिर्छन् । पहिले धर्मगरुहरु उत्कृष्ट ज्ञान र चरित्रले विभूषित हुन्थे । सही उपदेश दिन्थे । समयक्रममा स्वार्थी आडम्बरीहरु पनि धर्मगुरुका आसनमा पुगे । व्यक्तिगत लाभका लागि नक्कली धर्मका उपदेश दिन थाले ।

*******

आज समाजमा धर्मका नाममा पालिने व्यक्तिहरु पनि छन् । कति धर्मका नाममा चलेका संस्था छन् जहाँ धर्म भेटिँदैन । धर्मका  लागि गृहस्थले परिवारको पेट काटेर खर्च गर्छ भने त्यसबाट लाभान्वित हुने पण्डित पुरेत पूजारीले समाजहितका लागि  कही न केही असल काम त गरेकै हुनुपर्छ । जनताले जसको पेट पाल्न दानापानी जुटाइदिएका छन्, जविनरक्षाको व्यवस्था गरिदिएका छन्, त्यसका बदलामा यी धर्मपालितहरुले जनताका हितको कुनै रक्षा गरेका छन् त ? श्रद्धाले दिइने दानका दानापानीमा पालिनेहरुको जिम्मेवारी अति नै ठूलो हुन्छ  । दानमा धन वा जीवनोपयोगी साधन सामान दिइएको मात्र  हुँदैन श्रद्धाका साथ दिइएको हुन्छ । दान लिनेलाई द्रव्यका अतिरिक्त दाताबाट श्रद्धा पनि प्राप्त भएको हुन्छ । यसैले धर्मका नाममा बाँचेका व्यक्ति तथा संस्थाले दाता जनताका हित भलोका लागि ठोस काम गरेर देखाएकै हुनुपर्छ ।

*******

मानिसको स्वभावमा प्रायः पशुताले राज गर्छ  आफ्नो लागि धेरै चाहन्छ मानिस । अरुलाई केही नदिउँ भन्ने ठान्छ । अरुलाई कष्टकारक अवस्थामा धकेलेर आफू धेरै सुविधा लिन खोज्छ ।  यसरी पछाडि धकेलिएका धेरै मानिस दुःखी हुन्छन् । दुःख पीडाबाट ढिलोचाँडो प्रतिक्रिया उत्पन्न हुन सक्छ, हुन्छ ।

*******

आज जनताका श्रम तथा उत्पादनको पाँचौ भाग धर्मले खान्छ बदलामा धर्मले झुठो कल्पनाबाहेक केही दिँदैन । यो धर्मलाई सुहाउने कुरा होइन । धर्मको सक्कली स्वरुपमा बेइमानीको स्थान छैन । मानव जातिको सामाजिक व्यवस्था स्वस्थ र सन्तुलित राख्नका लागि धर्मको सृजना भएको हो । धार्मिक भावनाहरु मनवहृदयमा स्वार्थत्याग, जनसेवाभाव र परोपकारी सोच समझका बीजहरु हुन् । संसारमा जेजति झगडा, र दुःखद्वन्द्वहरु छन् ती सवै स्वार्थसाधनका लागि गरिने अनुचित क्रियाकलापका उपजहरु हुन् । प्रकृतिमा हरेक बस्तु एक निश्चित मात्रामा छ । प्राणीहरुको भरणपोषणका निमित्त नियत मात्रामा छ । सवैले सद्भावनाका साथ आफ्नो भागको उपभोग गरेका स्थितिमा विश्वभरी शान्ति कायम रहन सक्छ । मानिसको स्वभावमा प्रायः पशुताले राज गर्छ  आफ्नो लागि धेरै चाहन्छ मानिस । अरुलाई केही नदिउँ भन्ने ठान्छ । अरुलाई कष्टकारक अवस्थामा धकेलेर आफू धेरै सुविधा लिन खोज्छ ।  यसरी पछाडि धकेलिएका धेरै मानिस दुःखी हुन्छन् । दुःख पीडाबाट ढिलोचाँडो प्रतिक्रिया उत्पन्न हुन सक्छ, हुन्छ । हेर्दा देखिन्छ, समाजमा अधिकांश मानिसहरु दुःखी छन् । तिनीहरुमाथि नृशंस व्यवहार गर्नेहरु छन् । यिनै नृशंस लुटाहाहरुका कारणबाट समस्त संसार हाहाकारमय छ । यो सवै सक्कली धर्मबाट विमुख भएका धर्मतुम्वीहरुका क्रियाकलापको परिणाम पनि हो ।

अरुका सुख सुविधाका लागि आफ्ना सुखसुविधाहरु चटक्क छोडुन सक्नुमा धर्मको तत्वज्ञान निहित छ । यो त्यागभावना जति जति बढ्छ मानिस त्यति त्यति उदार बन्दैजान्छ ।

(क्रमशः)

साभारः अखण्डज्योतिसंस्थान, मथुराद्वारा प्रकाशित ‘धर्मतत्वका दर्शन और मर्म’ बाट

प्रस्तुतिः एस० आर० एन०

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप