शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकी कङ्ग्रेसमा रूसी हस्तक्षेपबारे म्युलरसँगको सुनुवाई एक हप्तापछि हुने

शनिबार, २८ असार २०७६, १९ : २०
शनिबार, २८ असार २०७६

वासिङ्टन । अमेरिकी न्याय मन्त्रालयका पूर्व परामर्शदाता रोबर्ट म्युलरको प्रतिवेदनमाथि अमेरिकी कङ्ग्रेस (संसद) मा हुने सुनुवाई जुलाई २४ मा हुने गरी समय सारिएको छ । 

यस पहिलेको कार्यक्रम अनुसार उहाँमाथिको सुनुवाई आगामी साता (जुलाई १७) का लागि तोकिएको थियो ।

सांसदहरूले अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रूसी हस्तक्षेपमाथि उठेका म्युलरको प्रतिवेदनबारे हुने सुनुवाईलाई छोटो समयमा सम्पन्न गर्दा सबै सांसदले प्रशस्त समय पाउन नसक्ने भन्दै दुवै दलका सांसदहरूबाट आएको गुनासोलाई सम्बोधन गर्दै उक्त निर्णय भएको अमेरिकी अधिकारीले जनाएका छन् ।

‘सांसदले माग गरे अनुसार थप समय प्रदान गर्नका लागि जुलाई २४ का लागि सनुवाई तय भएका छ,’ अमेरिकी न्याय मन्त्रालयले भनेको छ । 

नयाँ प्रबन्ध अनुसार म्युलरको अनुसन्धान प्रतिवेदनमाथि संसदको न्याय तथा गुप्तचर समितिमा यस पहिले तय गरिएभन्दा थप समय सुनुवाई हुनेछ ।

म्युलरले आफ्नो जिम्मेवारी अनुसार अनुसन्धान प्रतिवेदन तयार पारी सम्वन्धित निकायलाई बुझाएको भन्दै यसबारे सुनुवाई हुनु जरूरी नभएको भन्दै सुनुवाईप्रति अनिच्छा प्रकट गर्दै आएका थिए ।

उनले आफूले प्रतिवेदनमा दिएको रिपोर्ट नै अन्तिम भएकोले रिपोटभन्दा बाहिर नजाने पनि बताएका छन् । 

अमेरिकी न्याय समितिले भने म्युलरको रिपोर्टमा अमेरिकी राष्ट्रपतिको हस्तक्षेपका श्रृङ्खलाबारे सुनुवाईलाई लक्षित गर्ने अपेक्षा गरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अनुसन्धानलाई प्रभावित पार्ने प्रयास गरेको आरोप छ । 

म्युलरको ४ सय ४८ पृष्ठ लामो प्रतिवेदनमा ट्रम्पको निर्वाचन अभियान रुससँगको अपराधिक षड्यन्त्रसँग जोडिएको भनेर स्थापित नभएको उल्लेख गरेको छ । 

यद्यपि त्यसमा १० वटा त्यस्ता घटनाहरू उल्लेख गरिएको छ जहाँ सम्भवतः ट्रम्पले अनुसन्धानमा अवरोध पार्ने प्रयास गरेको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप