जनकपुर विमानस्थल जलमग्न, दैनिक उडान रद्द
शनिबार, २८ असार २०७६, १७ : ०६
बुधबारदेखिकाे अविरल वर्षाले जनकपुरकाे उडान मौसममा सुधार नहुञ्जेलसम्मका लागि रद्द गरिएको छ ।
जनकपुर विमानस्थल भित्र रहेको टर्मिनल, भिआईपी कक्ष, रन–वे मैदान लगायतका स्थल जलमग्न भएपछि मौसम सुधार नहुञ्जेलसम्मका लागि विमान उडान रद्द गरिएको जनकपुर विमानस्थका प्रमुख सन्तोष खड्काले जानकारी दिए ।
विमानस्थलमा पानी जमेपछि शुक्रबारदेखि नै विमान उडान सेवा रद्द गरिएको उनले बताए ।
मौसम सुधार भएपछि मात्रै विमान उडानसेवा नियमित संचालन हुने उनले जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हैदराबाद र हेडसामु लखनउ पहिलोपटक नतमस्तक
-
संविधानको धारा १६८ (५) अनुसार नयाँ सरकार गठनको आह्वान
-
हेलमेटभित्र लुकाएर लागुऔषध ओसारपसार गर्ने दुई युवक पक्राउ
-
महाकाली नदीको बहाब एकाएक बढ्यो, १४ वटा ट्र्याक्टरसहित मजदुर थुनिए
-
वीरगञ्जमा गर्मी बढेसँगै बिहानी कक्षा
-
राष्ट्रपतिका आर्थिक विज्ञको अभिव्यक्तिले शीतल निवासमा हलचल