गयो बाढी पीडा दिएर : डुबानको भोलिपल्ट कलंकी क्षेत्रमा जे देखियो (फोटोकथा)
काठमाडौँ । बिहीबार साँझदेखि परेको भारी वर्षाका कारण काठमाडौँको कलंकी क्षेत्र पनि डुबान पर्यो ।
वर्षापछि स्थानीय बल्लु खोलाको बाढी बस्तीमा पस्दा शुक्रबार कलंकीमा रहेको मालपोत, प्रहरी र ट्राफिक प्रहरीको कार्यालय समेत डुबानमा परेको थियो । यस्तै खसीबजार, मैत्री नगर क्षेत्रका अधिकांशको घरको पहिलो तलामा पानी बस्न पुग्दा जनजीवन प्रभावित बन्न पुग्यो ।
शुक्रबार बस्तीमा बाढी पस्दा तनावमा रहेका प्रभावित शनिबार बिहानदेखि पानी पर्न रोकिएपछि भने सरसफाइमा जुट्दै थिए । रातोपाटीकर्मी पुग्दा कलंकी पेट्रोल पम्प नजिकका व्यापारी आफ्नो पसलमा पसेको हिलो र पानी बाहिर बाल्टीको सहायतामा निकाल्दै थिए । उनीहरुले बाढी पस्दा सामानहरु काम नलाग्नेगरी क्षति भएको गुनासो गरिरहेका सुनिन्थ्यो ।
यस्तै ओढ्ने ओछ्याउने सामान, भाडाबर्तन लगायतका दैनिक जीवनयापनमा आवश्यक पर्ने सरसामन जोडजाममा पनि पीडितहरु व्यस्त देखिन्थे ।
कलंकीमा कोठा गरेर बस्ने धादिङकी शान्ति तामाङले ओढ्ने ओछ्याउने समेत भिज्न पुग्दा निकै पीडामा रहेको बताइन् ।
राजधानीमा यसरी बाढी पसेर डुवानको समस्या आउँदा कतिपयले अव्यवस्थित शहरीकरण मुख्य कारक रहेको बताएका छन् ।
अविरल वर्षाका कारण काठमाडौंमा मात्रै ३ जनाको मृत्यु भएको छ भने नदी तटीय क्षेत्रका बासिन्दा अझैं त्रासमा रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ