शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अविरल वर्षाका कारण गुल्मीका विभिन्न सडक अवरुद्ध

शनिबार, २८ असार २०७६, १३ : २१
शनिबार, २८ असार २०७६

गुल्मी । ४ दिनयताको अविरल वर्षाका कारण गुल्मीका दर्जनौं सडक पहिरोका कारण अवरुद्ध बनेका छन् । 
पश्चिम नेपाल बस व्यवसायी समितिका अनुसार जिल्लाको सदरमुकाम तम्घासबाट जिल्लाको इस्मा, अर्जै, सिमलटारी, पुर्कोटदह, पौदीअमराई, नेटा लगायतको स्थानमा पुग्ने कच्ची सडक बिग्रीएकाले सवारी साधन सञ्चालन बन्द भएका छन् ।

  पानी पर्ने क्रम नरोकिएपछि तम्घासबाट छल्दी, सिमलटारी र मुसिकोटमा मात्रै बससेवा सुचारु भएको पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीले जनाएको छ ।   पानी बन्द भएको खण्डमा इस्मामा बससेवा सुचारु गर्न सकिने पश्चिम नेपाल बस व्यवसायी समिति गुल्मीका नारायण पन्थीले बताए ।

   पानी परेपछि गुल्मी यातायातबाट छुटने सवारी साधनहरु सिर्सेनी,नेटा दलिङ्ग, ह्वाङदी, छापहिले लगायतका स्थानहरुमा बन्द भएको गुल्मी यातायत व्यवसायी समिति गुल्मीका डोरबहादुर कुँवरले बताए ।

    ग्रामीण भेगका कच्ची सडक पानीले बगाउँदा सडकमा खाल्डा हुनुका साथै कतिपय स्थानमा पहिरोले धेरै सडक जोखिम बनाएको छ ।

  यता वर्षातले रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध हुँदै आएकोमा आज विहान देखि सुचारु गरिएको  सत्यती गाउँपालिका प्रमुख पारिश्वर ढकालले बताए । उनका अनुसार  बादरेपैह्रो, लुम्दीखोला र उल्र्लीखोलास्थित डहरेखोलामा पहिरो खस्ने र हटाउने क्रम चलिरहेको छ । पहिरोले सडक छिनमै खुल्ने बन्द हुने गर्ने गरेको छ ।

  सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउनेलाई समेत समस्या भएको छ । जिल्लाको अन्य स्थानका धेरै साना कच्ची सडकहरु वर्षातको भेलले खाल्डा खुल्डी पारेपछि सडकमा बन्द हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप