शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रदेश ५ः नेपाल–भारत पत्रकार मन्च गठन

शनिबार, २८ असार २०७६, १२ : २८
शनिबार, २८ असार २०७६

बुटवल–पाँच नम्बर प्रदेश र भारतको उत्तर प्रदेशमा क्रियासिल पत्रकारहरुको रुपन्देहीमा भएको भेलाले  ‘नेपाल–भारत पत्रकार मन्च’ गठन गरेको छ । 

भारतको उत्तर प्रदेशका विभिन्न जिल्लाका ३१ जना प्रतिनिधि पत्रकार र प्रदेश ५ का १२ जिल्लाका प्रतिनिधि पत्रकारको भेलाले उक्त मन्च गठन गरेको हो  । भेलाले नेपाल तर्फबाट नरेश के.सीलाई संयोजक चयन गरेको छ । यसैगरी भारत तर्फबाट गजेन्द्र त्रिपाठी संयोजक चयन भएका छन् । 

 समितिमा प्रदीप आचर्य (नेपाल), अमृत गिरी (नेपाल), कमल रायमाझी (नेपाल), रशाद लारी (भारत), रितेश मिश्रा (भारत), आलोक जोसी( भारत), दिपेन्द्र बडुवाल (नेपाल), मनोरन्जन शर्मा (नेपाल), शरद दीप(भारत), अरुण मुन्ना(भारत), भगवति पाण्डे( नेपाल), सतिष पाण्डे(भारत), भेषराज बस्नेत (नेपाल), तारा चन्द –नेपाल), गिरु भण्डारी (नेपाल) , दशरथ घिमिरे (नेपाल), अजित सिंह(भारत), निरज श्रीवास्ताव –भारत), शारदा मल्ल (नेपाल) , बालकृष्ण ओली (नेपाल), गुड्डु जयसवाल (भारत), मुक्ति न्यौपाने (नेपाल) , चिन्ता परियार (नेपाल) , आशिष साही (भारत) , नबिन लोचन (नेपाल) , अरबन्दि श्रीवास्ताव (भारत) र प्रेमनारयण आचर्य (नेपाल ) चयन भएका छन् । 

यसैगरी भेलाले सल्लाहकार पनि चयन गरेको छ । नेपाल भारत पत्रकार मन्चको सल्लाहकारहरुमा नेपालको तर्फबाट बिनोद पहाडी, डिआर घिमिरे, मौसम रोका, भरत के.सी, चेतन पन्त, डा. शान्त कुमार शर्मा, शरद अधिकारी र सिपी श्रेष्ठ रहेका छन् । यसैगरी सल्लाहकारमा भारतको तर्फबाट हिन्दुस्तान टाइम्सका सहसम्पादक राजेश सिंह, दैनिक जागरणका बरिष्ठ समाचार प्रमुख राजनारयण मिश्रा र भारत नेपाल मैत्री समाजका अध्यक्ष अनिल गुप्ता रहेका छन् । 

नेपाल र भारतका पत्रकारले आठ बुँदे प्रतिबद्धता पनि जारी गरेका छन् । 

१ नेपाल भारत दुबै देशका पर्यटकहरुलाई दुबै देशमा सहज ढंगले भ्रमण गर्ने व्यवस्था मिलाउन, दुबै देशका नागरिकका निजी तथा सार्वजनिक सवारी साधनलाई दुबै देशमा सहज र समान ढंगले प्रयोग गर्ने वातावरण बनाउन दुबै देशका सरकारलाई आग्रह गर्दै यी विषयमा नियमित कलम चलाउने प्रतिबद्धता व्यक्त गर्दछौं । 
२ बुद्ध जन्मस्थल पावन भूमि नेपालको लुम्बिनी, बुद्धले ज्ञान प्राप्त गरेको स्थान बोधगया, ज्ञानप्राप्तपछि पहिलो पटक धर्मदेसना (प्रवचन) गरेको स्थान सारनाथ र बुद्धले महापरिनिर्वाण गरेको कुशीनगरलाई समेटेर बुद्धिष्ट सर्किट निर्माण गर्न दुबै देशका सरकारले गरेको प्रतिबद्धता तत्काल कार्यान्वयनमा लैजान माग गर्दै दुबै देशका पत्रकारहरुले मिडियामार्फत पैरवी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । 
३ नेपालको हिमालदेखि भारतको समुन्द्र जोड्ने सिधा र सहज मार्ग निर्माण गरि पर्यटन प्रवद्र्धन गर्न दुबै देशका सरकारको ध्यानाकर्षण गराउँदै मिडियाको माध्यमवाट प्रतिवद्ता ब्यक्त गर्दछौं । 
४ भैरहवास्थित निर्माणाधीन गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय विमानस्थलदेखि भारतका पर्यटकीय सहरसम्म सिधा हवाई सेवा जोड्न तथा नौतनवा रेल वे स्टेशन देखि बोधगया, लखनउ, दिल्लीलगायतका सहरहरुसंग सिधा रेल सम्पर्कको वातारण बनाउन मिडियाका माध्यमबाट दबाब सिर्जना गर्ने प्रतिवद्ता ब्यक्त गर्दछौं ।
५ दुबै देशका पर्यटकीय गन्तव्यहरुको प्रचार प्रसारका लागि संयुक्त योजना बनाउन भेटघाट, छलफल र अन्तरक्रियालाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्दछौं । 
६ दुबै देशका पत्रकारहरुले आआफ्ना मिडियाका माध्यमबाट आपसी सद्भाव र  भाइचारा कायम गर्ने प्रतिवद्धता व्यक्त गर्दछौं । 
७ दुबै मुलुकले आयोजना गर्ने अन्तर्रा्ष्ट्रिय स्तरका कार्यक्रम, भ्रमण वर्ष वा अन्य कार्यक्रमहरु गर्दा दुबै देशका मिडिया र मिडियाकर्मीलाई सहभागी गराउन दुबै देशका सरकारलाई आग्रह गर्दछौं । 
८ नेपालको प्रदेश नं. ५ र भारतको उत्तर प्रदेशमा क्रियाशिल पत्रकारहरुका बीचमा निरन्तर समन्वयका लागि यथाशीघ्र साझा संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप