शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म्याग्दी नदीले झोलुंगे पुल बगायो

बिहीबार, २६ साउन २०७४, १३ : ४७
बिहीबार, २६ साउन २०७४

म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरा र सिंकोसबगरा गाउँको बीचमा आवतजावतका लागि म्याग्दी नदीमा रहेको झोलुंगे पुल बाढीले बगाएको छ । गएराति अविरल वर्षासँंगै म्याग्दी नदीमा आएको बाढीले पानीको बहाव बढेपछि झोलुंगे पुल बगाएको हो । 

झोलुंगे पुल बगाएपछि बगरा र सिंकोसबगराका स्थानीयवासीलाई आवतजावत बन्द भएको स्थानीय राउण्ड धौलागिरि युवा क्लबका अध्यक्ष डिल पुनले बताP । उgले तत्काल वैकल्पिक व्यवस्था गर्न नसकेमा सिंकोसबगरमा सर्वसाधारण वारिपारी आउनबाट वञ्चित हुनेछन् । 

म्याग्दी नदीको पारिपट्टि रहेको सिंकोसबगरमा करिब एक दर्जन घरधुरीको बसोबास रहेको छ । म्याग्दी नदीमा जीर्ण अवस्थामा रहेको सो पुलबाट यसअघि स्थानीयवासीले जोखिम मोलेर वारपार गर्दै आएका थिए । करिब दुई दशक अगाडि निर्माण गरिएको सो झोलुंगे पुललाई स्थानीयवासीले मर्मत गरी वारपारको माध्यम बनाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप