बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

टी–२० क्रिकेट : नेपालसामु मलेसियाद्वारा १ सय २९ रनको लक्ष्य प्रस्तुत

शनिबार, २८ असार २०७६, ०९ : २५
शनिबार, २८ असार २०७६

काठमाडौँ । मलेसियाले पहिलो टी–२० खेलमा नेपालसामु जीतका लागि १ सय २९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आइसीसी टी–२० विश्वकप एशिया छनोट फाइनलको तयारीका लागि नेपाल मलेसियाको भ्रमणमा रहेको छ ।

किनरारा ओभल मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको हो ।

मलेसियाका लागि वीरनदिप सिंहले सर्वाधिक ५७ रनको योगदान दिए । उनले ४९ बलमा ७ चौका र १ छक्का हिर्काए ।

त्यस्तै, कप्तान अहमद फैजले ४५ रन बनाए । ३९ बलमा उनले दुई छक्का हिर्काए ।

नेपालका लागि करन केसीले तीन विकेट लिए । केसीले तीनै विकेट अन्तिम ओभरमा लिएका थिए ।

उता, सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने सोमपाल कामीले एक विकेट लिए ।

सिङ्गापुरमा आयोजना हुने आइसिसी टी ट्वान्टी विश्वकप एशिया छनोट फाइनल प्रतियोगिता तयारीको लागि नेपाली टोलीले घरेलु टोली मलेसियासँग दुई खेलको टी ट्वान्टी सिरिज खेल्नेछ ।

टी ट्वान्टी सिरिज सकिएपछि त्यतैबाट नेपाली टोली सिङ्गापुर जानेछ  ।

प्रतियोगितामा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपालले आप्mनो पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । 

त्यस्तै साउन ८ गते मलेसिया, ११ गते कुवेत र १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोटमा सहभागिता जनाउन पाउनेछन् । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

नेपाली टोलीमा पारस खड्का (कप्तान), ज्ञानेन्द्र मल्ल, व्सन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, शरद भेषवाकर, ललितनारायण राजवंशी, अविनाश बोहरा, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, पवन सर्राफ र सोमपाल कामी छन् । वैकल्पिकतर्फ सुशन भारी, कुशल भुर्तेल, आरिफ शेख र जितेन्द्र मुखिया छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप