शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

१८ सय बालबालिका हराएको हरायै

शनिबार, २८ असार २०७६, ०७ : ०८
शनिबार, २८ असार २०७६

काठमाडौँ । नेपालमा वार्षिक सयौँको संख्यामा बालबालिका ‘बेखबर’ हुन्छन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तसम्म देशभरका १८ वर्षमुनिका १८ सय बालबालिका हराइरहेको बालबालिका खोजतालस समन्वय केन्द्र भृकुटिमण्डपको तथ्यांक छ ।

केन्द्रमा जेठ मसान्तसम्म ३२ सय ४ वटा उजुरी परेका थिए । उजुरी परेकामध्ये १३ सय ९३ बालबालिका भेटिएको केन्द्रका प्रहरी निरीक्षक मोहनविक्रम दाहालले जानकारी दिए ।

१ हजार ८ सय ११ को खोजी जारी छ ।

‘हराएपछि अभिभावकले आत्तिएर फोन गर्छन् । तर फेला परेपछि जानकारी दिन आवश्यक ठान्दैनन् । त्यसैले पनि फेला नपर्नेको संख्या बढी देखिएको हो,’ उनले भने ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप