मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

स्वार्थ बाझिएपछि व्यवसायी र बैंकर छुट्याइने

शनिबार, २८ असार २०७६, ०६ : ५८
शनिबार, २८ असार २०७६

काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंकर र व्यवसायी छुट्याउने नीति लिने भएको छ ।

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गर्दा स्वार्थ बाझिने भएकाल वित्तीय क्षेत्रमा समस्या आएको निष्कर्षका आधारमा यस्तो नीति ल्याउन लागिएको गर्भनर चिरञ्जिवी नेपालले बताए ।

उनले भने, ‘बैंकर र व्यवसायी छुट्याउने व्यवस्थाको तयारी भएको छ । एउटै व्यक्ति बैंकर र व्यवसायी हुँदा स्वार्थ बाझियो ।’

एउटै व्यक्तिले बैंक र व्यवसाय दुवै सञ्चालन गरेकै कारण नेपाली वित्तीय क्षेत्रमा सुशासन बिग्रिँदै गएको बैंक अफ काठमाडौँका प्रमुख कार्यकारी अधिकृत शोभनदेव पन्तले बताए ।

यो खबर आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप