केन्द्रीय संस्करण

२४ घण्टादेखि कमला नदिमा फसेका ६० वर्षीय मुखियाको यसरी गरियो उद्दार

person explore access_timeअसार २७, २०७६ chat_bubble_outline0

सिरहा-सिरहास्थत कमला नदीमा २४ घण्टाभन्दा बडी समयदेखि फसेका कर्जन्हा नगरपालिका २  का बेचु मुखियालाई नेपाली सेनाले आज साँझ उद्धार गरेको छ । पानीको सतह कम भएपछि धनुषातर्फ ब्यारेज नजिकबाट लाईफ ज्याकेट लगाएर पसेका नेपाली सेनाको उद्धार टोलीले कर्जन्हा ३ बन्दिपुरका ६० वर्षीय बेचु मुखियालाई उद्धार गरेको हो ।

नेपाली सेना उनको उद्धारको लागि विहान ८ बजेदेखि नै खटिएको भएपनि पानीको सतह धेरै भएकोले उद्धारमा समस्या भएको श्री सेरगण चोहर्वाले जनाएको छ । उद्धार गरिएका मुखियालाई वडाअध्यक्षको जिम्मा लगाएको जनाएको छ ।

उनले  कमला नदीको बीचमा रहेको पर्ति जमिनमा खेतिपाती गर्दै आएका थिए । त्यही खेती हेर्न विहिवार विहानै गएका उनी बाढीमा फसेका थिए । उनले शुक्रवार विहान बाढी बढेपछि खयरको रुखमा चढेर ज्यान जोगाएका थिए ।

कमला नददीको मध्य भागमा गाई गोठ बनाएर बसेका कल्याणपुर ६ निर्दजनामा फेसकाहरुको अझै उद्धार हुन सकेको छैन । उद्धारमा खटिएकाहरुले कोसिस जारी राखिएको जनाएका छन् । फसेकाहरुका उद्धारको लागि काठमाडौंमा हेलीकोप्टर तयारीमा रहेको भएपनि मौसमका कारण आउन नसकेको प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जनाए । उनले सवै निकायसँग समन्वय गरेर उद्धारको प्रयास भइरहेको उनले बताए । तर, अत्यधिक बाढीका कारण उनीहरुको उद्धारमा समस्या आइरहेको समेत उनले जनाए ।

फसेकाहरुमा कल्याणपुर नपा ६ निर्दनाका रसिन्द्र दास ५०, सुकदेव दास ५५, कन्चन मण्डल ५०, कुनमा महतो ५० र उनकी श्रीमती रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले उद्धारका लागि सवै निकायसँग समन्वय भइरहेको जनाएको छ । उनीहरुसँग अरु पनि हुनसक्ने जनाईएको छ । हिजो बेलुका नै गएका उनीहरु राती बाढी बढेपछि कमला नदीको मध्यभागको टापुमा फसेका हुन् ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...