बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ग्रिजम्यान बार्सिलोनामा

शुक्रबार, २७ असार २०७६, २२ : १८
शुक्रबार, २७ असार २०७६

एजेन्सी-एट्लेटिको म्याड्रिडका स्ट्राइकर एन्टोइन ग्रिजम्यान अन्ततः बार्सिलोनामा अनुबन्ध हुने पक्का भएको छ । ग्रिजम्यानलाई बार्सिलोनाले एक सय २० मिलियन युरोमा अनुबन्धन गरेको हो । २८ बर्षीय ग्रीजम्यानले बार्सिलोनासँग पाँच बर्षको सम्झौता गरेका छन् ।

फ्रान्सलाई विश्वकप जिताउँदाका नायक उनी सन् २०१४ मा रियल सोसिडाडबाट एट्लेटिको म्याड्रिड गएका थिए । एट्लेटिका उनले दुई सय ५६ खेल खेल्दै एक सय ३३ गोल गरेका छन् । एट्लेटिकोसँगको पाँच बर्षे सम्झौता सकिएका कारण उनले समरमा क्लब छाड्ने घोषणा गरेका थिए । ग्रिजम्यानका वकिलले ला लिगाको मुख्यालयमा शुक्रबार सम्झौतामा तोकिए अनुसारको रिलिज क्लज बराबरको रकम तिरिसकेका छन् ।

बार्सिलोनाले आइतबार ग्रजिम्यानलाई समर्थक सामु प्रस्तुत गर्ने बताइएको छ । बार्सिलोनामा ग्रिजम्यानको सार्वजनिक कार्यक्रममा सुरक्षा ब्यवस्था कडा बनाउन आग्रह गरिएको छ । ग्रिजम्यानलाई बार्सिलोनाले गतबर्षनै अनुबन्ध गर्न चाहेको थियो । तर बार्सिलोनाको प्रस्तावलाई ग्रिजम्यानले त्यतिबेला अस्विकार गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप