शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सप्तकोशीमा खतराको सङ्केत, ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुलाइयो

शुक्रबार, २७ असार २०७६, २१ : ५२
शुक्रबार, २७ असार २०७६

सप्तरी-दुई दिनयता निरन्तरको वर्षासँगै सप्तकोशी नदीमा पानीको बहाव उच्च भएको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ ढोकामध्ये २३ वटा ढोका खुला गरिएको छ भने खतराको सङ्केतस्वरुप कोशी ब्यारेजमा रातो झण्डा झुण्ड्याउनुका साथै रातो बत्ती बालिएको छ । 
    
आज अपराह्नसम्म सप्तकोशी नदीमा पानीको बहाव एक लाख ७२ हजार ६२५ क्युसेक प्रतिसेकेण्ड रेकर्ड गरिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा पानीको बहाव एक लाख ५० हजार नाघेपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो झण्डा र रातो बत्ती बाल्ने गरिन्छ । 

पानीको बहाव बढेपछि जिल्ला प्रशासन कार्यालयले र स्थानीय तहले नदी किनार आसपासका स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ । वर्षा शुरु भएकाले राहत र उद्धारका लागि जिल्ला विपद् व्यवस्थापन समिति तयार रहेको जानकारी दिनुहुँदै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले सम्भावित बाढीबाट जोगिन सर्तकताका लागि आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप