बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा माइती नेपाललाई स्यानिटरी–नेपकिन बनाउने मेशिन प्रदान

शुक्रबार, २७ असार २०७६, १९ : ०९
शुक्रबार, २७ असार २०७६

काठमाडौं– स्ट्याण्डर्ड चार्टर्ड बैंकले माइती नेपाललाई स्यानिटरी नेपकिन निर्माण गर्ने २ वटा मेशिनहरु ह्स्तान्तरण गरेको छ ।

बैंकको दिगो पहलकदमी स्ट्याण्डर्ड चार्टर्डद्वारा भविष्य निर्माताहरु अभियान अन्तर्गत यही २०७५ असार २० गते उक्त मेशिनहरु माइती नेपाललाई न्यून लागतको स्यानिटरी नेपकिन उत्पादन गर्ने कार्यमा सहयोग पु¥याउने उद्देश्यका साथ प्रदान गरिएको हो । योजनाले असहाय युवतीहरु र महिलाहरुलाई स्यानिटरी नेपकिनको उत्पादनद्वारा सशक्तिकरण गराउने लक्ष्य राखेको छ जसबाट महिलाहरुलाई महिनावारी हुँदा स्वच्छ सुरक्षित सरसफाईमा प्रोत्साहन मिल्नेछ ।

स्ट्याण्डर्ड चार्टर्डद्वारा भविष्य निर्माताहरु बैंकको एक त्यस्तो विश्वव्यापी पहलकदमी हो, जसले असमानताका मुद्दाहरुमा सरोकार राख्दछ र हाम्रो समुदायका युवावर्गका लागि वृहत् आर्थिक समावेशिताको प्रवद्र्धन गर्न चासो देखाउँदछ । बैंकले यस योजनामार्फत् न्यून आय भएका घर परिवारका विपन्न युवावर्गहरुलाई शिक्षा, रोजगारमूलक र उद्यमशीलतामाथि केन्द्रित कार्यक्रमहरुमा सहायता प्रदान गर्ने गरेको छ ।

माइती नेपालले आज आयोजना गरेको एक विशेष कार्यक्रमका बीच आसियन एण्ड साउथ एशियाका सिइओ जुडी सु र स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड नेपालका सिइओ अनिर्वाण घोष दस्तीदारले संयुक्त रुपमा माइती नेपालका अध्यक्ष विश्व खड्कालाई न्यूनलागतको स्यानिटरी प्याड उत्पादन योजनाको एक हिस्सा स्वरुप २ वटा मेशिनहरु ह्स्तान्तरण गरे ।

उक्त अवसरमा कर्पोरेट अफेयर्स, ब्राण्ड एण्ड मार्केटिङ्गका प्रमुख प्रनु सिंहले महिनावारीसँग सम्बन्धित अन्धविश्वासको कारण दिनहुँ सुन्नमा आउने विभिन्न खाले पिडादायी कथाहरुबाट मर्माहत भएको बताए ।

उने भने, ‘समय आइसकेको छ, हामीले मासिकधर्मका विषयहरु र यससँग जोडिएको सरसफाईका बारेमा जागरण पैदा गर्न अगाडी बढेर आउन र एक अत्यन्त महत्वपूर्ण सामाजिक सरोकारको रुपमा यसलाई व्यवहार गर्न जरुरी भैसकेको छ । स्ट्याण्डर्ड चार्टर्ड माइती नेपालसँग यस किसिमको महत्वपूर्ण योजना जसले समाजमा सही मानेमा भिन्नता ल्याउनलाई प्रेरित गर्दछ त्यस कार्यमा सहकार्य गर्न पाएकोमा गौरवान्वीत महसुस गर्दछ ।’


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप