शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दीपाश्रीको आइटम गीत ‘आज नगद भोली उधारो’

शुक्रबार, २७ असार २०७६, १८ : २७
शुक्रबार, २७ असार २०७६

काठमाडौं– निर्देशक समेत रहेकी अभिनेत्री दीपाश्री निरौलाले अभिनेता आर्यन सिग्देलसँग आइटम नृत्य गरेको गीत ‘आज नगद भोली उधारो’ सार्वजनिक भएको छ ।  फिल्म ‘हजार जुनीसम्म’को यो गीतमा दीपाश्री र आर्यनको अलवा स्वस्तिमा खड्का, नव–नायक अक्की प्रधान, कलाकार शिवहरि पौडेल, उत्तम केसी समेत देखिएका छन् । गीतमा दीपाश्रीले ‘भट्टीको साहुनी’को रुपमा आइटम नृत्य गरेकी छिन् ।

भदौ ६ गते रिलिज मितितय भएको फिल्म ‘हजार जुनीसम्म’ को यो गीतमा कविराज गहतराजको कोरियोग्राफी र पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ । प्रल्हाद तिमिल्सिना, मिना निरौला र दीपाश्रीकै स्वर गीतमा छ । 

विकासराज आचार्यको निर्देशन रहेकोयो फिल्मको पटकथा सामिप्यराज तिमल्सेनाले तयार पारेका हुन् । कविता रेग्मी फिल्मकी कार्यकारी निर्माता हुन्,भने विशाल चाम्लिङ यसका निर्माता रहेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप