शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्यकर्मी असुरक्षित भएको भन्दै कार्वाही गर्न चिकित्सक संघद्वारा सरकारलाई आग्रह

शुक्रबार, २७ असार २०७६, १८ : २०
शुक्रबार, २७ असार २०७६

काठमाडौँ– स्वास्थ्य क्षेत्रमा कार्यरत व्यक्तिलाई देशभरनै असुरक्षित भएको भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । आज संघले पत्रकार सम्मेलन गर्दे देशभरनै चिकित्सक तथा स्वास्थ्यकर्मीलाई गाली गलौज, शारीरिक हातपात तथा धम्कीपूर्ण व्यवहार प्रदर्शन गर्ने, स्वास्थ्य संस्थामा घेराउ, नारावाजी तथा तोडफोड गर्ने जस्ता कार्यं भइरहेको हुँदा सम्बन्धित व्यक्तिलाई कारवाही गर्नुपर्ने बताएको हो । 

यस्ता समस्याले गर्दा चिकित्सकले शान्तिपूर्ण वातावरणमा उपचार गराउन नपाउने भएको हुँदा समग्र स्वास्थ्य संस्थाको वातावरणलाई नै खलल पु¥याइ रहेको पत्रकार सम्मेलनमा जानकारी गराए ।  केही समय पहिला विभिन्न जिल्लामा भएको घट्नालाई सम्झदै चिकित्सक संघले  अस्पतालहरुमा चिकित्सकहरुमाथि गरिएको अभद्र व्यवहार, गाली गलौज तथा शारीरिक हमला एवं स्वास्थ्य संस्था नै तोडफोडका घटनाले स्वास्थ्य क्षेत्रलाई आक्रान्त पारेको प्रेश विज्ञप्तीमा उल्लेख गरेको छ । 

साथै संघले दोषीलाई तत्काल कानूनी दायराभित्र ल्याई कारवाही गनुको सट्टा सुरक्षा निकायबाट नै असहयोग गरेको पनि आरोप लगाएको छ । स्थानीय निकाय मुकदर्शक भएर बस्नु, हालका जनप्रतिनिधिहरुकै नेतृत्वमा अस्पताल जस्तो संवेदनशील क्षेत्रमा हुलदङ्गा, ढुंगामुढा गर्ने र सुरक्षाकर्मी रमितेको रुपमा बस्ने जस्ता अस्वभाविक घटनाहरुले स्वास्थ्य सेवा प्रवाहमा नकारात्मक प्रभाव पर्न गएको जनाएको छ ।

दोषीहरुलाई हालको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई तत्काल आवश्यक परिमार्जन गरी ‘बिना धरौटी हिरासतमा लिई जेल चलानको प्रावधान’ समावेश गरेर स्वास्थ्य संस्थालाई भयरहित बनाउन पनि सरकारसँग संघले आग्रह गरेको छ । मागलाई समयमा सम्बोधन गर्न नसकेको खण्डमा देशलेनै थेग्न नसक्ने आन्दोलन ल्याउँन बाध्य हुने पनि जनाएको छ ।
  
 

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप