शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पाँच नम्बर प्रदेशका दुई ठाउँमा तरकारी र फलफूलको विषादी जाँच पुनः सुरू

शुक्रबार, २७ असार २०७६, १८ : ०१
शुक्रबार, २७ असार २०७६

बुटवल– पाँच नम्बर प्रदेशका दुई ठाउँमा तरकारी  र फलफूलको बिषादी जाँच शुरु भएको छ । रूपन्देहीको बेलहिया नाकामा आयातित तरकारी र फलफूलको विषादी जाँच फेरि शुरू भएको छ । सर्वोच्च अदालतले भारतबाट आयातित तरकारी र फलफूलमा विषादी जाँच नरोक्न आदेश दिएपछि सीमा नाकामा फेरि विषादी परीक्षण गर्न थालिएको हो ।

भैरहवा भन्सार कार्यालय रूपन्देहीका सूचना अधिकृत कलीराम पौडेलले पुनः जाँच थालिएको बताए । तरकारी र फलफूल बोकेका गाडीहरू रोकेर जाँचपछि मात्र छाडिएको उनको भनाई रहेको छ ।  उनले भने, ‘सर्वोच्चले सरकारले विषादी परीक्षण विना सिधै नेपाल भित्रिने दिने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि विषादी परीक्षण नभएका तरकारी र फलफूलका गाडी नाकामै रोकेर जाँच गरेपछि मात्र नेपाल आउने दिइएको छ ।’ 

यसअघि पाँच नम्बर प्रदेशको बुटवलमा पनि बिषादी परीक्षण  शुरु  गरिएको थियो । बुटवल बिषादी अन्वेषण केन्द्र भएपनि कर्मचारी अभाव देखाउदै ६ महिनादेखि बन्द गरिएको थियो । जसलाई प्रदेश सरकारको पहलमा बुटवलमा शुरु गरिएको पाँच नम्बर प्रदेशको कृषिमन्त्री आरती पौड्यालले बताइन् ।  

देशकै दोस्रो ठूलो नाका रुपन्देहीको बेलहियाबाट बुटवलस्थित विषादी विश्लेषण द्रूत विश्लेषण प्रयोगशालामा जाँच गरेपछि मात्र गाडी भन्सारबाट नेपाल प्रवेश दिइने गरेको भन्सार कार्यालयको भनाई छ ।
भन्सारको विषादीको जाँच गर्ने एजेन्टले बुटवलमा प्रयोगशालामा तरकारी र फलफूलको नमूना ल्याएर आउँछन् । यसअघि काठमाडौं नमूना पठाइन्थ्यो । बुटवलमा जाँच शुरू भएपछि सहज भएको छ ।

अब भन्सारमा धेरै दिन गाडी रोकिनुपर्दैन । काठमाडौंसम्म पु‍र्याउँदा ३ र ४ दिन लाग्ने गरेको थियो । जाँच भएको केही छिनमा उपयुक्त भए भन्सारबाट पास भएर गाडी नेपाल भित्रिन्छन् । भैरहवा नाका हुँदै दैनिक ५०–६० ट्रक नेपाल भित्रिने गरेको तथ्याङ्ग रहेको छ । त्यहाँबाट आउने तरकारी फलफूल काठमाडौं, चितवन, पोखरासम्म जाने गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप