कमला नदीको टापुमा फसेका पुजारी रुखमा चढेर हेलिकोप्टरको पर्खाइमा
जनकपुर– धनुषा–सिरहा सिमानामा पर्ने कमला नदीको बाढीमा फसेका पुजारीको उद्धार गर्नका लागि स्थानीय प्रशासन जुटेको छ पूर्व–पश्चिम महेन्द्र राजमार्गबाट करिब २ किलोमिटर उत्तरमा रहेको एक मन्दिरका पुजारी सिरहाको कर्जन्हा बस्ने बेदरु मुखिया बाढीमा फसिरहेको (घेरिएको अवस्थामा) धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले बताए ।
कमला नदीको बीचमा रहेको (टापु स्थित) मन्दिरमा वर्षातको पानी प्रवेश गरेपछि पुजारी मुखिया रुखमा चढेर आफ्नो ज्यान जोगाइरहेका छन् । पुजारी मुखियालाई उद्धार गर्न नेपाली सेना, सशस्त्र प्रहरीको टोली पुगेको छ । पानीको बहाब उच्च भएको कारण पुजारीको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर मगाइदैँ छ ।
वर्षा भइरहेको कारण मुखियाको उद्धारमा समय लाग्न सक्ने प्रमुख जिल्ला अधिकारी कणेलले बताए । लगातारको अविरल वर्षाले कमला नदीमा वर्षात पानीको बहाव बढेको छ । कमला नदी वरिपरी वस्तीमा सतर्कता अपनाइएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा