कमला नदीमा फसेका ६ जनाको उद्धारमा समस्या, हेलिकोप्टरको पर्खाइमा प्रशासन
सिरहा– बाढीका कारण कमला नदीको बाढीमा फसेका ५ जनाको उद्धारमा समस्या भएको छ । सिरहाको कल्याणपुर नपा ६ निर्दनामा पाँच जना र कर्जन्हा नगरपालिका २ को कमला नदीमा १ जना बाढीमा फसिरहेको प्रहरीले जनाएको छ ।
कमला नदीको मध्य भागमा गाई गोठ बनार बसेका कल्याणपुरका ५ जना फसेको प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अधिकारीले जनाकारी दिए । फसेकाहरुका उद्धारको लागि काठमाडौंमा हेलीकोप्टर तयारीमा रहेको अधिकारीले बताए । उनले सवै निकायसँग समन्वय गरेर उद्धारको प्रयास भइरहेको छ । तर, अत्यधिक बाढीका कारण उनीहरुको उद्धारमा समस्या आईरहेको जनाए ।
फसेकाहरुमा कल्याणपुर नपा ६ निर्दनाका रसिन्द्र दास ५०, सुकदेव दास ५५, कन्चन मण्डल ५०, कुनमा महतो ५० र उनकी श्रीमती नाम नखुलेको ४५ वर्षिय एकजना महिला रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । प्रहरीले उद्धारका लागि सवै निकायसँग समन्वय भइरहेको जनाएको छ ।
हिजो बेलुका नै गएका उनीहरु राती बाढी बढेपछि कमला नदीको मध्यभागको टापुजस्तोमा फसेका हुन् । उनीहरुको उद्धारको लागि काठमाडौंबाट हेलिकोप्टर स्टेनबाई बसेको भएपनि खराब मौसमका कारण आउन नसकेको प्रमुख अधिकारीले जनाए ।
बाढीको बहाव उच्च रहेका कारण उद्धार गर्न स्थानीय प्रहरी प्रशासनलाई कठिनाई भएको छ । उद्धार गर्न पुगेका टोली नदी किनारामै उभिएका छन् । अझै पनि पानी परिरहेकोले उद्धारमा समस्या भएको प्रमुख अधिकारीले बताए ।
कमला नदीको बगरमा खेति गरेर बसेका बेचु मुखिया ६० बिहीबार रातिदेखि त्यही बस्तै आएका थिए । रातीबाट बाढीको सतह बढ्दै गएपछि उनीहरु फसिरहेको जनाएको छ । उनीसँग अरु एक जना रहेको जनाएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालले रुससँगको द्विपक्षीय सम्बन्धलाई सदुपयोग गर्न जरुरी छ : अध्यक्ष ढकाल
-
कर्णालीका मुख्यमन्त्रीले बिहीबार विश्वासको मत लिने
-
जलवायु परिवर्तनबाट हिमाल जोगाउनका लागि कतारलाई राष्ट्रपतिको आग्रह
-
चिया निर्यात रोकिएपछि उद्योग वाणिज्य महासंघको ध्यानाकर्षण, व्यापार सम्झौता पुरा नगरेको आरोप
-
वीरगञ्जमा एक जनाको शव फेला
-
केपी ओलीको अभिनय : वान टेकमा ओके