फेरि एमालेमै फर्किन लागेका हुन् रामचन्द्र झा ?
काठामाडौं– नेकपा एमाले छाडेर २०६९ सालमा माओवादी प्रवेश गरेका रामचन्द्र झा पुनः एमाले फर्कने चर्चा भइरहेका बेला उनले आफु तत्काल एमाले प्रवेश नगर्ने बताएका छन् ।
एमालेबाट माओवादी हुँदै बाबुराम भट्राई नेतृत्वको नयाँ शक्तिमा गएका झा केहि समययता नयाँ शक्ति समेत छोडेर बसेका छन् ।
रातोपाटीसँगको टेलिफोन सम्पर्कमा झाले भने ‘एमालेको मधेश हेर्ने दृष्टिकोणमा परिवर्तन नै भएको छैन, म कसरी एमालेमा प्रवेश गर्छु ?’ झाले एमाले अहिलेपनि मधेश मुद्धामा विपक्षीकै अवस्थामा रहेको बताए ।
उनले भने ‘मेरो धारणा मधेशको सम्बन्धमा पुरानै हो ।’ एमाले अहिलेपनि मधेशी जनतालाई अधिकार दिनुपर्छ भन्नेमा प्रष्ट छैन । झाले भने‘ एमालेले मसँग कुराकानी गरेको ४ हप्ता भयो तर उसले आफ्नो दृष्टिकोणमा कुनै परिवर्तन गरेको जानकारी मलाई छैन ।’
झाले आफु एमालेमा आजै प्रवेश गर्ने भन्ने हल्ला हल्लामात्रै भएको बताए । ‘मेराबारेमा बजारमा कसैले बाजा बजाएर हल्ला गर्छ भने म के भनु त ? हल्ला गर्ने गरीराख्छन् । म आफ्नो विचारमा अडिग छु । ’
मधेश र मधेशी जनतालाई हेर्ने दृष्टिकोणमा एमाले स्पष्ट नभएको भन्दै झाले २०६९ चैतमा पार्टी छोडेका थिए । उनले चैत ८ गते विहान करिब १० बजे एमाले पार्टी कार्यलय बल्खुमा पार्टी छोडेको फ्याक्स पठाएका थिए । झाले त्यसवेला एमाले संघीयता र समावेशीकरणमा अनुदार भएको आरोप पनि लगाएका थिए ।
उनले त्यतिवेला एमाले पार्टी संगठनात्मक र राजनैतिक धरातलबाट च्युत हुदै गएको तथा राजनीतिक मुद्धाहरुमा दुविधायुक्त निर्णय गर्नेगरेको र पार्टीमा विचार भन्दा आर्थिक आशक्ति बढेका कारण आफुले पार्टी छोड्नुपरेको दावी गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा