शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

हरिवंश आचार्यको नयाँ गीत ‘बुढो हुन मन छैन’

शुक्रबार, २७ असार २०७६, १६ : २७
शुक्रबार, २७ असार २०७६

काठमाडौं– वरिष्ठ कलाकार हरिबंश आचार्यको ‘बुढो हुन मन छैन’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । शुक्रबार महसञ्चारको युट्युवबाट सार्वजनिक गीतमा बुढ्यौली उमेरका रहर र बाध्यता ठट्यौली पारामा समेटिएको छ ।

उमेरले ६० पुगेका हरिवंशले बुढ्यौलीको अनुभूति गीतमार्फत राखेका छन् । रोमान्टिक पारामा तयार गरिएको गीत हरिवंशले बुढ्यौली आवाजमा गाएका छन् । बृद्धले आफ्नो जवानीका दिनहरु कल्पिएर गाएको गीतले अनुभूति हुन्छ ।

 गीतको भिडियोमा हरिवंश नै मुख्य भूमिकामा देखिएका छन् । हरिवंशलाई ह्याट, टाइसुट र फुलेको घोप्टे जुँगा राम्रो सुहाएको छ ।  गीत हरिवंशले नै लेखेका हुन् ।  भिडियो भने सुदन केसीले निर्देशन गरेका हुन् । सुदन महसञ्चारको फिल्म ‘दाल भात तरकारी’का निर्देशक हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप