बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आयुषलाई ‘वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कार

शुक्रबार, २७ असार २०७६, १५ : २२
शुक्रबार, २७ असार २०७६

काठमाडौं– स्व.वासुदेव कोइराला मुनालको ७० औं जन्मजयन्तीको अवसर पारेर भारतीय रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’ मा चौथो स्थान हासिल गरेका आयुष केसीलाई ‘वासुदेव ‘मुनाल’ बालप्रतिभा पुरस्कार–२०७६’ प्रदान गरिएको छ ।

बिहिबार होटल अर्यालमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले २१ हजार नगदसहितको उक्त पुरस्कार प्रदान गरे ।  स्व.वासुदेव मुनालको स्मृतीमा गठित बासुदेव कोइराला मुनाल स्मृति फाउन्डेशनले आयोजना गरेको कार्यक्रममा स्व.मुनालको तश्विरमा प्रमुख अतिथी विष्टसहित अन्य अतिथिहरुले फूल अर्पण गरेका थिए ।

वरिष्ठ रेडियो कार्यक्रम सञ्चालक तथा लोकप्रिय गायक वासुदेव मुनालको २०७४ असोज १४ गते निधन भएको थियो । उदयपुरको चौदण्डीगढीमा २००६ सालमा जन्मिएका उनी मष्तिकघात र घाँटीको क्यान्सरबाट पीडित थिए ।

नौं वर्षसम्म मष्तिकघातले थलिएका उनको निधन भने क्यान्सरका कारण भएको थियो ।  कार्यक्रममा मन्त्री विष्टले वासुदेव मुनालले बालसाहित्यमा पुर्याएको योगदानको कदर गर्दै देशले सधैं सम्झने व्यक्तिको रुपमा प्रशंसा गरे । उनले आफू पनि स्व.मुनालको रेडियो कार्यक्रम र गीत सुनेर हुर्किएको बताए ।

कार्यक्रममा स्व.मुनालको बारेमा पत्रकार जीवन पराजुलीको निर्देशनमा बनेको भिडियो बायोग्राफी पनि देखाइएको थियो, जहाँ रक्षामन्त्री ईश्वर पोखरेल, बरिष्ठ हास्य कलाकार हरिवंश आचार्य, गीतकार डा. कृष्णहरि बराल, कलाकार दीपकराज गिरी, सञ्चारकर्मी नवराज लम्साल, श्रममन्त्री गोकर्ण विष्टलगायतले उनले रेडियोमार्फत् बाल साहित्य र गायन क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गरे । 

वासुदेव कोइराला मुनाल स्मृति फाउन्डेशनका अध्यक्ष तथा स्वर्गीय मुनालका भाई प्रा.डा. उपेन्द्र कुमार कोइराला (मध्यपश्चिम विश्व विद्यालयका उपकुलपति) दाई मुनाललाई सम्झँदा निकै भावविह्वल भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप