शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘साइनो’ ट्रेलरमा: मिरुना, नीता र राजकुमारको प्रेमकथा

शुक्रबार, २७ असार २०७६, १५ : ११
शुक्रबार, २७ असार २०७६

काठमाडौं – नेपालकी प्रथम नायिका भुवन चन्द थापाले निर्माण गरेको फिल्म ‘साइनो’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहिबार कमल पोखरीस्थित बिग मुभिजमा आयोजना गरिएको उक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । 

ट्रेलरमा फिल्मको मुख्य केही अंश समेटिएको छ । त्रिकोणात्मक प्रेमकथामा फिल्म बनेको हुन सक्ने ट्रेलरबाट अनुमान लगाउन सकिन्छ ।  फिल्ममा अभिनेता राजकुमार, मिरुना मगर र नीता ढुङ्गानको मुख्य अभिनय रहेको छ । साउन २४ गतेबाट देशभर प्रदर्शनमा आउने  फिल्मका निर्देशक रमेश थापा हुन् । फिल्मको कार्यकारी निर्मातामा शरण थापा छन् । अभिमन्यू ‘निरवी’ले फिल्मको कथा तयार पारेका हुन् । 

फिल्ममा भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनाली लगायतका कलाकारहरुको पनि अभिनय छ । कार्यक्रममा निर्देशक थापाले ‘साइनो’ मा लभस्टोरीसँगै देशमा प्रमुख समस्याको रुपमा रहेका विषयलाई उठाइएको बताउदा अभिनेत्री मिरुनाले फिल्मबाट आफू निकै आशावादी रहेको सुनाइन् ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप