शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानको नान्गाहार प्रान्तमा तालिवानद्वारा भीषण आक्रमण, ठूलो क्षतिको आशंका

शुक्रबार, २७ असार २०७६, १३ : ३१
शुक्रबार, २७ असार २०७६

एजेन्सी– अफगानिस्तानको पूर्वी क्षेत्र नान्गाहार प्रान्तको एक जिल्लामा तालिबानहरुले भीषण आतङ्कककारी आक्रमण गरेका छन् ।  त्यस आक्रमणमा ठूलो क्षतिको आशङ्का गरिएको अधिकारीहरुले जनाएका छन् । पूर्वी अफगानिस्तानमा अवस्थित उक्त प्रान्तको पाचिर आगम जिल्लामा सो आक्रमण भएको बताइएको छ । 

उक्त जिल्लामा बस्ने अफगानिस्तानका सरकार समर्थित लडाकूहरुका एकजना कमाण्डर मालिक टुरको घरमा सो आतङ्ककारी आक्रमण भएको अफगानिस्तानको एकजना स्थानीय अधिकारीले जानकारी दिएका छन् । 

सो आक्रमणको पुष्टि भएको भए पनि त्यसबाट भएको क्षतिको बारेमा भने केही बताइएको छैन । शुक्रबार बिहान उनको घरमा नै हमला गरिएको स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।  ती अधिकारीले आफ्नो नाम नबताउने शर्तमा सरकारसमर्थित लडाकू समूहका एकजना कमाण्डर मालिक टुरको घरमा हमला भएको र त्यसबाट ठूलो क्षतिको अनुमान गरिएको बताए । 

प्रहरीले अनुसन्धान शुरु गरेको र त्यसबाट भएको क्षतिको बारेमा अहिले नै केही थाहा नभएको पनि उनले स्थानीय सञ्चारमाध्यमहरुलाई बताएका छन् । –सिन्ह्वा

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप