क्रिप्टोकरेन्सी मुद्रा होइन : अमेरिकी राष्ट्रपति ट्रम्प
वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिप्टोकरेसीमा आफूलाई विश्वास नरहेको बताएका छन् । उनले क्रिप्टोकरेन्सी मुद्रा होइन भन्दै यस मुद्राको व्यापार गर्न चाहनेहरु बैंकिङ नियमनको दायरामा आउनुपर्ने बताए ।
राष्ट्रपति ट्रम्पले बिहीबार ट्वीट गर्दै भनेका छन्, ‘मलाई बिट्क्वाइन र अरु किसिमका क्रिप्टोकरेन्सीमा विल्कुलै विश्वास छैन, र यो मुद्रा होइन । यस्ता मुद्राको मूल्य निकै अस्थिर र अनुमानयोग्य छैन’
विद्युतीय प्रकृतिको भएकाले लगभग पत्ता लगाउन नसकिने यस्ता क्रिप्टोकरेन्सीले अवैध कृयाकलापलाई प्रश्रय दिन सक्ने पनि उनले बताए ।
क्रिप्टोकरेन्सी विश्वका केन्द्रीय वा बैंकिङ प्रणालीमा आबद्ध नभई इन्टरनेट मार्फत एकापसमा गरिने कारोबार हो र यो एक किसिमको डिजिटल मुद्रा हो ।
सन् २००९ मा बिट्क्वाइन प्रारम्भ भएपछि क्रिप्टोकरेन्सी विश्वभर तिब्र गतिमा फैलिएको छ । फेसबुकले पनि गत महिना आफ्नै लिब्रा नामको क्रिप्टो मुद्रा प्रचलनमा ल्याउने घोषणा गरेपछि यसले विश्वका बैंकिङ नियामकहरुमाझ अझ चर्चा पाएको छ ।
करिब दुई अब प्रयोगकर्ता भएको फेसबुकले सन् २०२० मा लिब्रालाई अरु साझेदार समेतको सहकार्यमा प्रचलनमा ल्याउने घोषणा गरेको छ । यसले विश्वको वित्तीय कारोबारलाई नै प्रभावित तुल्याउने अनुमान गरिएका छन् ।
तर राष्ट्रपति ट्रम्पले फेसबुक र अरु कम्पनीले क्रिप्टोकरेन्सी प्रारम्भ गर्दा अमेरिकी र अन्तर्राष्ट्रिय बैंकिङ नियमन प्रणाली दुबैलाई स्वीकार गर्नुपर्ने चेतावनी दिए । ‘संयुक्तराज्य अमेरिकामा एउटा मात्र वास्तविक मुद्रा (अमेरिकी डलर) छ, र यो विगतको भन्दा बढी मजबूत छ ।’
विश्वका प्रमुख औद्योगिक मुलुकहरुको समूह जी–७ का अर्थ मन्त्रीहरुको फ्रान्समा बस्न लागेको बैठकमा क्रिप्टोकरेन्सीका बारेमा पनि छलफल हुने तयारी हुँदैछ ।
कतिपय अमेरिकी नेताहरुले फेसबुकको लिब्रा परियोजनालाई पूर्ण रुपमा बन्देज लगाउनुपर्ने माग समेत गर्न थालेका छन् ।
फेसबुकले मानिसका दैनिक जीवनका आवश्यकता पूरा गर्न लिब्रा सार्वजनिक गर्न चाहेको जनाएको छ । विकासशील मुलुकहरुमा भने लिब्रालाई बैंकिङ, क्रेडिट कार्ड र ई–कमर्शका रुपमा पनि प्रयोग गर्ने फेसबुकको तयारी छ । –एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा मन्त्रीमण्डल विस्तार, ५ बजे शपथ
-
के हो दुबईमा वर्षा गराउन प्रयोग गरिएको क्लाउड सिडिङ प्रविधि ?
-
आकाश चोपडा भन्छन्– ‘हार्दिकले मुम्बईसँगै गुजरातलाई पनि डुबाए’
-
डा. विमल कोइराला : ‘भूतले खाजा खाने बेला’को जागिरदेखि मुख्यसचिवसम्म
-
सल्यान बस दुर्घटना अपडेट : गम्भीर घाइते एक जनाको मृत्यु
-
लगानी सम्मेलनका लागि १४८ वटा परियोजना छनौट