मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

वर्षको एउटा हरर फिल्म दिने मेरो सोच छ – अर्पण

शुक्रबार, २७ असार २०७६, ११ : ३९
शुक्रबार, २७ असार २०७६

नेपाली कलाक्षेत्रमा अर्पण थापाको परिचय धेरै छन् । उनी लेखक, निर्देशक, अभिनेता लगायत धेरै विधामा क्रियाशील रहँदै आएका छन् । अर्पणले ‘ब्याच नम्बर १६’ बाट फिल्म अभिनय डेब्यु गरेका थिए । नेगेटिभ पोजेटिभ दुवै भूमिका कुसलतापूर्वक निर्वाह गर्ने उनी अभिनयमा सफल मानिएका छन् ।

पछिल्लो समय फिल्म अभिनयको अलवा उनी लगातार निर्देशनमा पनि अगाडि आएका छन् । अन्य निर्देशकभन्दा फरक अर्थात हरर जन्रामा उनले अहिले नियमित फिल्म बनाइरहेका छन् । गतवर्ष हरर जन्रामा ‘सुनकेसरी’ दिएका उनले यो वर्ष फेरि ‘घर’ ल्याएका छन् । ‘घर’मा सुरक्षा पन्त, बेनिशा हमाल र उनको नै मुख्य अभिनय रहेको छ । जुन फिल्म अगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । अरू निर्देशकले हरर फिल्म नबनाएकाले आफूले यो जनरा रोजेको बताउने अपर्णसँग रातोपाटीको दस प्रश्न ।

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?

–मेरो निर्देशन अभिनय रहेको फिल्म ‘घर’ आगामी शुक्रबारबाट प्रदर्शनमा आउँदैछ । यसैको रिलिज तारतम्य मिलाउन व्यस्तछु । फिल्मको पोस्टप्रोडक्सनको काम पनि केही बाँकी छ, प्रचारप्रसारको चटारो पनि छ ।

‘घर’ कस्तो फिल्म हो ?

– यो हरर फिल्म हो । यो जन्रामा बन्ने फिल्ममा ‘घर’ बेस्ट फिल्म हो भन्ने मलाई लागेको छ ।

‘सुनकेसरी’पछि फेरि हरर फिल्म नै किन ?

– वर्षको एउटा हरर फिल्म दिने मेरो सोच थियो । त्यही सोचअनुसार अघिल्लो वर्ष ‘सुनकेसरी’ आयो । अहिले ‘घर’ आउँदैछ । दर्शकले हरर फिल्म पनि मनपराउने र यो जन्रामा अरूले काम नगरेको भएकाले मैले रोजेको हो । वर्षमा एउटा यस्तो फिल्म दिनुपर्छ भन्ने मलाई लाग्छ ।

लेखक, कलाकार, निर्देशकलगायत धेरै विधामा क्रियाशील हुनुहुन्छ, कुन विधाबाट बढी सन्तुष्टि मिल्छ ?

– म कुनै विधाबाट पनि सन्तुष्टि छैन । मेरो विचारमा कुनै पनि विधामा सन्तुष्टि हुन पनि सकिन्न । जुनै विधामा पनि अहिले जे गरिरहेको छु । त्योभन्दा राम्रो अझै गर्न पाएहुन्थ्यो र गर्नसक्छु भन्ने लागिरहन्छ । अझ राम्रोसँग समय दिएर मज्जाले काम गर्न पाए अझै धेरै गर्थें कि भन्ने लागेको छ ।

कलाकारिताको पहिलो आम्दानी के गर्नुभयो ?

– कलाकारितामा पहिलो पारिश्रमिक फिल्म ‘ब्याच नम्बर १६’ बाट पाएको थिएँ । त्यो कति अहिले याद भएन । सबै रकम घर खर्चमा लगाए ।

फिट्नेस गर्नुहुन्छ ?

–फिट्नेसका लागि जिम, योगा गर्दिनँ । फिट्नेसका लागि बढी हिँडडुल भने गर्नेगरेको छु । म कामले जानुपर्दा ३, ४ किलोमिटरसम्म हिँडेरै जान्छु ।

मनपर्ने खानेकुरा ?

– रोटी तरकारी मनपर्छ ।

तपाईंलाई कसरी बुझ्ने ?

–मानिस अनुसार नेचर पनि फरक फरक हुन्छ । कोही मानिससँग मैले कम्फर्टेबल महसुस गरेँ भने ऊसँग मलाई बोल्न खुल्न अब्ठ्यारो पर्दैन । नत्र बोल्न रुचाउदिनँ ।

फिल्म बनाउन अब मन लागेको विषय ?

–सामाजिक विषयमा फिल्म बनाउन मन लागेको छ । फिल्म ‘घर’को रिलिजपछि गर्छु होला ।

तपार्इंका केटी साथी धेरै छन् भनिन्छ नि ?

–यो गलत हो । सीधै भन्ने हो भने मेरो केटी साथी खासै छैन । फिल्म उद्योगमा मेरो जति नजिकका साथी छन् । ती केटा मात्र छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप