शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

श्रद्धा कपुरले अर्को वर्ष नेपाली प्रेमीसँग विवाह गर्ने खबर फैलिएपछि पिता शक्ति कपुरको रोचक प्रतिक्रिया

शुक्रबार, २७ असार २०७६, ०८ : ३४
शुक्रबार, २७ असार २०७६

नेपाली मूलका रोहन श्रेष्ठसँग प्रेम सम्बन्धमा भएको भनिएकी बलिउड नायिका श्रद्धा कपुरले अर्को वर्ष विवाह गर्न लागेको खबरले बलिउड बजार पुनः एकपटक तात्तिएको छ ।

एक भारतीय मिडियाले श्रद्धाले आफ्ना बाल्यकालदेखिका साथी एवं प्रेमी रोहनसँग सन् २०२० मा विवाह गर्ने योजनामा भएको बताएपछि यो खबरले पुनः चर्चा पाएको हो ।  तर श्रद्धा कपुरका पिता शक्ति कपुरले यो खबर खण्डन गरेका छन् । शक्ति कपुरले आइएनएससँगको कुराकानीमा श्रद्धा कपुरको विवाहको खबरलाई अफवाह बताएका छन् । उनले भने, ‘के साँच्चै नै मेरी छोरीले विवाह गर्दैछिन् ? कृपया मलाई पनि निम्तो पठाउन नबिर्सिनुहोला ।’

शक्ति कपुर यतिमा मात्र रोकिएनन्, उनले हाँस्दै भने, ‘विवाह कहाँ हुँदैछ, त्यो पनि बताइदिनुस्, मलाई पुग्न सजिलो हुनेछ । म उनको बुवा हुँ तर पनि मलाई यसबारे केही थाहा छैन । त्यसकारण मलाई कृपया यसबारे बताइदिनुस् । ’

के श्रद्धा चाँडै नै नेपालकी बुहारी बन्दैछिन् ?

यदि कामको कुरा गर्ने हो भने श्रद्धा कपुर चाँडै नै ‘साहो’ मा देखिनेछिन् । हालै, यो फिल्मको गीत ‘साइको सैयां’ रिलिज भएको थियो जसलाई दर्शकले निकै रुचाएका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप