बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति ८ लाख घुससहित अख्तियारको नियन्त्रणमा

बिहीबार, २६ असार २०७६, २२ : ००
बिहीबार, २६ असार २०७६

काठमाडौं-बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा.राजकुमार रौनियार र उनका भतिजा डा. रामहरि रौनियारलाई आठ लाख रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

रौनियार दाजुभाईले प्रतिष्ठानको भवन निर्माणका ठेक्कामा कमिसनबापत सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा प्रतिष्ठान परिसर धरानबाट नियन्त्रणमा लिएको हो ।पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको आयोगले जनाएको छ ।

उपकुलपति रौनियार राजनीतिक हिसाबमा नेपाली कांग्रेस निकट हुन् । उनलाई गगन थापा स्वास्थ्यमन्त्री हुदा उपकुलपतिमा नियुक्त गरेका थिए । उनिविरुद्ध कयौं उजुरी अख्तियारमा परेको थियो । प्रतिष्ठानमा लामोसमयदेखी वेथिति र भ्रष्टचारको दलदलमा फसेको प्रष्ठिानका विषयमा दर्जनौं उजुरी अख्तियारमा परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप