शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुष्मा स्वराज र राजपा नेपालका नेताहरुबीच भेटवार्ता हुँदै

बिहीबार, २६ साउन २०७४, १२ : २१
बिहीबार, २६ साउन २०७४

काठमाडौं–राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका नेताहरु र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच भेटवार्ता हुँदै छ । 


भारत भ्रमणअघि संविधान संशोधन विधेयकको टुगों लगाउन प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिन आग्रह गर्नका लागि राजपा नेपालका अध्यक्ष मण्डलका नेताहरुले मन्त्री स्वराजलाई भेट्न लागेका हुन् । प्रधानमन्त्री देउवा भदौं ७ गते भारत भ्रमणमा जाँदैछन् । 

प्रधानमन्त्री देउवाले भारत भ्रमणबाट फर्केपछि मात्र संविधान संशोधनको विषय टुगों लगाउने भनेपछि राजपा नेपालका नेताहरुले मन्त्री स्वराजलाई भेटी देउवालाई भारत प्रमणअघि नै संशोधन टुंगोमा पुर्याउनको लागि सुझाव दिन आग्रह गर्न लागेको एक नेताले बताए । 


आज राती नौ बजे सोल्टी होटलमा भेटवार्ता हुनेछ बताइएको छ ।


मन्त्री स्वराजले आजै ४ः३० बजे प्रधानमन्त्री देउवालाई उनकै निवास बालुवाटारमा भेट्दैछिन् भने ५ः३० बजे राष्ट्रपति विद्या देवी भण्डारीलाई पनि राष्ट्रपति कार्यालयमा भेट्न लागेको भारतीय दूतावास स्रोतले जनाएको छ ।  यस्तै अरु दलका नेताहरुसँग भने भोली दूतावासमा भेट हुने बताइएको छ ।    

विमस्टेक सम्मेलनमा भाग लिन स्वराज नेपाल आएकी हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप