बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

एनआईसी एशिया बैंक र विराटनगर अस्पतालबीच सम्झौता

बिहीबार, २६ असार २०७६, १९ : ४२
बिहीबार, २६ असार २०७६

काठमाडौं– एन आई सी एशिया बैंक लिमिटेड र विराटनगर अस्पताल मुनालपथ, विराटनगरबीच सम्झौता भएको छ ।

सम्झौतामा बैंकका कर्मचारीलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट र बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं १ अन्तर्गत विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालको तर्फबाट अस्पतालका निर्देशक डा.सुशील तपरियाले हस्ताक्षर गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप