‘त्रिविमा कार्पेट होइन प्लाइउड’
बिहीबार, २६ असार २०७६, १९ : ३३
काठमाडौं– त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न ६०औँ वार्षिक दिवसका अवसरमा कीर्तिपुरस्थित विश्वविद्यालयको नवनिर्मित उपकुलपति कार्यालय भवन र सरस्वती मन्दिरको उद्घाटनका क्रममा हिलोमाथि रातो कार्पेट नभई प्लाइउड बिछ्याइएको स्पष्ट पारेको छ ।
प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट उद्घाटित सो भवनमा ‘हिलोमाथि रातो कार्पेट’ भनी समाचार सम्प्रेषण गरिएकामा विश्वविद्यालयले आज एक प्रेस विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ ।
प्लाइउडलाई रातो कार्पेट मानी प्रकाशित समाचारले आफ्नो संस्थाको गरिमालाई धमिल्याउने नियत भएको कार्यप्रति दुःख प्रकट गर्दै विश्वविद्यालयले यस्ता हुँदै नभएका विषयलाई लिएर अतिरञ्जित गर्ने कुनै पनि कार्य नगर्न आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी