मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

हिमालय एअरलाइन्सको उडान अव ढाकामा, साउन ६ गतेबाट हप्ताको तीन दिन उडान भर्ने

बिहीबार, २६ असार २०७६, १९ : २२
बिहीबार, २६ असार २०७६

काठमाडौं– हिमालय एयरलाइन्सले धेरै समय देखि पर्खाइमा रहेको काठमाडौं/ढाका/काठमाडौंको सीधा उडान यही साउन ६ गते (जुलाई २२, २०१९) देखि सञ्चालनमा ल्याउने घोषणा गरेको छ । 

एयरलाइन्सले १५० इकोनोमी क्लास र ८ वटा प्रिमियम इकनोमी क्लासको सिट क्षमताको न्यारो बडी जहाज ए ३२०–२१४ उक्त रुटमा सञ्चालनमा ल्याउनेछ । एयरलाइन्ससँग नयाँ एयरबस ३२०–२०० को तीनवटा जहाज रहेको छ ।

व्यावसायिक तथा घुमघाम प्रयोजनका लागि बांगलादेश जाने दुवै प्रकृतिका यात्रुहरुका लागि नया“ उडान तालिका सार्वजनिक गरिएको छ । नेपाली पयर्टनका लागि बांगलादेश ठूलो बजार हो, त्यसलाई लक्षित गर्दै बांगलादेशी पर्यटकलाई नेपाल सम्मको विस्तार यो सञ्जालको मुख्य प्राथमिकता हुनेछ । 

एयरलाइन्सले मध्यपूर्वी एशिया गन्तव्य स्थलहरु दोहा, दुबई/आबु धावी, दमामको नियमित उडानस“गै, ढाकाको नया“ उडानले बांगलादेशी सहित मध्यपूर्वी एशियाका यात्रुका लागि काठमाडौं एउटा ट्रान्जिट हबको विकल्प बन्नेछ ।  

एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठ भने, ‘अर्काे एशियाली मुलुक बांगलादेशको ढाकामा हाम्रो सञ्जाल विस्तार गर्न पाएकोमा हामी प्रसन्न छौं । यो पहलले छिमेकी मुलुकहरुमा नेपालको पर्यटन र व्यवसाय प्रवद्र्धनमा टेवा पुर्याउनेमा विश्वस्त छौं । विशेषत दुई देश बीचको सम्बन्धलाई अझै मजबूत बनाउँदै यस सञ्जालले नेपाल र बांगलादेश बीच व्यावसायिक अवसरहरु सिर्जना गर्नेछ र मुख्यतः मध्यपूर्वी मुलुक र बांगलादेश बीच पूल बन्दै सेवा प्रवाह गर्नेछ । सदाझैं हिमालय एयरलाइन्स नेपाली सत्कारका साथ हाम्रा मूल्यवान यात्रुहरुलाई निरन्तर उत्कृष्ट सेवा उपलब्ध गराउन प्रतिबद्ध रहनेछ ।’ 

एयरलाइन्सले हप्ताको तीन दिन उपयुक्त समयमा ढाका उडान भर्नेछ, जसमा H9 ६७८ काठमाडौंबाट स्थानीय समय ११ः१० मा उडान भर्नेछ र स्थानीय समय १३ः१० मा ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रनेछ । 

त्यसैगरि, H9 ६७९ विमानले ढाकाबाट स्थानीय समय २ः१० मा उडान भर्नेछ र त्यही दिन काठमाडौं स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ३ः२० मा उत्रनेछ । 

दुईतर्फी उडानमै प्रिमियम इकनोमी क्लासमा २५ किलो सम्मको ब्यागेज निःशुल्क हुनेछ र इकनोमी क्लासमा २० केजी सम्मको लागि छुट हुनेछ । एयरलाइन्सले समयनिष्ठामा उडान सुनिश्चित गर्ने उद्देश्य राखेको छ । 


एयरलाइन्सले एसएयर एयर बीडी लिमिटेडलाई आफ्नो साधारण विक्री एजेन्ट (जीएसए) को रुपमा नियुक्त गरेको छ । जसले बांगलादेशमा यस एअरलाइन्सको प्रतिनिधित्व गरी विक्री, बजारीकरण, बजार विकास, आरक्षण र टिकट सम्बन्धी सेवाहरु प्रदान गर्नेछ ।

हिमालय एयरलाईन्स् 

नेपाल–चीन संयुक्त उद्यमका रुपमा सन् २०१४ अगष्टमा स्थापित हिमालय एअरलाइन्स् अन्तर्राष्ट्रिय उडान सेवा उपलब्ध गराउँदै आएको एक निजी एअरलाइन्स् कम्पनी हो । उच्च पहाडी भागलाई संकेत गर्ने ‘हिमालय’ शब्दले राष्ट्रको नाम उ“चो राखे जसरी नै हिमालय एयरलाइन्स पनि आफ्नो पहिचान अन्तर्राष्ट्रिय जगतमा उ“चो बनाउन स“धै तत्पर छ ।  

सुरक्षा, भरपर्दाे सेवा र समयमै सेवा उपलब्ध गराउने उद्देश्यका साथ स्थापित यस एअरलाइन्स्ले नेपालमा आफ्नो उच्च पहिचान कायम गरिसकेको छ । अहिले हिमालय एयरलाइन्सले अबुधाबी, दमाम, दोहा, दुबई र क्वालालम्पुरमा उडान सेवा भर्दै आएको छ र अब ढाका नया“ गन्तव्य स्थान बनेको छ  । 

यी गन्तव्य स्थलहरुमा ८ प्रिमियम इकोनोमी क्लास र १५० इकोनोमी क्लास सीट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारो–बडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन् ।सन् २०१९ मा हिमालय एयरलाइन्सले चीन कनेक्टिभीटीलाई मध्यनजर गर्दै बेइजिङलाई आफ्नो सञ्जालमा जोड्ने र आफ्नो विस्तार अन्य शहरहरु नाङचाङ, चाङ्चिङ, चाङ्शा र गुइयङ सम्म पु¥याउने योजना बनाएको छ ।

निकट भविष्यमा नै ल्हासा जस्ता उच्च उंचाईमा रहेको गन्तव्यमा उडान भर्नका निम्ति एयरलाइन्सले ए ३१९ जहाज खरिद गर्ने योजना पनि बनाएको छ ।

हिमालय एयरलाइन्स सन् २०१७ मा दक्षिण एशियाली ट्राभल अवार्ड (साटा) को ‘लिडिङ न्यू इन्टरनेशनल एअरलाइन्स इन साउथ एशिया’ अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ । यस अवार्डले गुणस्तरीय सेवाको विकास र सञ्जाल विस्तारमा यस एअरलाइन्स्ले गरेको अथक प्रयासको सम्मान गरेको छ । 

उडानमा समय व्यतित गर्न तथा मनोरञ्जन गराउनका निम्ति सिनेमा, संगीत, विभिन्न टेलिभिजन कार्यक्रम तथा डकुमेन्ट्रीहरु समेतको सुविधा उपलब्ध गराउ“दै आएको छ । यसका अतिरिक्त पढ्नका लागि डा“फे पत्रिकासमेत उपलब्ध गराउने गरेको छ । 

‘अतिथी देवो भवः’ ग्राहक नै भगवान भन्ने नेपाली परम्परालाई मनन् गर्दै यात्रुलाई उच्च नेपाली आतिथ्यता प्रदान गर्न एयरलाइन्स हरपल संघर्षरत रहने एयरलाईन्सले प्रतिवद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप