प्रहरीसँग प्रतिरोध गर्दा भोजपुर घटना भएको विप्लव समूहद्वारा स्वीकार
बिहीबार, २६ असार २०७६, १९ : १३
काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले असार २५ गते आफ्नो पार्टीले प्रहरीसँग प्रतिरोध गर्दा पार्टी नेता प्रशान्तको सहादत्त भएको जनाएको छ । आज सो पार्टीको सगरमाथा ब्यूरो इन्चार्ज अधिकारले एक विज्ञप्ति जारी गर्दै प्रहरी सञ्जिव राईसँग प्रतिरोध गर्ने क्रममा पार्टीका ओखलढुंगा इन्चार्ज समेत रहेका सगरमाथा ब्यूरो सदस्य प्रशान्तको शहादत्त भएको बताएका हुन् ।
विज्ञप्तिमा गत जेठ ७ गते भोजपुरको टेम्के मयुम गाउँपालिकामा मारिएका तिर्थराज घिमिरेलाई समेत सञ्जिव राईसहितको प्रहरी टोलीले हत्या गरेको आरोप लगाइएको छ । घिमिरेमाथि बाटो हिडिरहेका बेला प्रहरीले आक्रमण गरेर हत्या गरेको सो पार्टीको आरोप छ । जिल्ला सेक्रेटरी प्रशान्तको सहादत्तले पार्टीलाई ठूलो क्षति पुगेको समेत विज्ञप्तिमा जनाइएको छ ।