शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

माछापोखरीस्थित डियोदय सहकारीबाट १५ लाख चोरी

बिहीबार, २६ असार २०७६, १९ : ११
बिहीबार, २६ असार २०७६

काठमाडौँ महानगरपालिका–१६ माछापोखरीस्थित डियोदय बहुउद्देश्यीय सहकारी संस्थाबाट रु १५ लाख ३० हजार बराबरको धनमाल चोरी भएको छ । 

रातको समयमा चोरी भएको भए पनि आज बिहान मात्रै घटनाबारे थाहा भएको थियो । 

ताला फोडेर भित्र पसेका अज्ञात व्यक्तिले सिसी क्यामरासमेत तोडमोड गरी चोरी गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।
 
चोरीमा संलग्नहरु फरार रहेकाले खोजी जारी रहेको र उक्त घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप