शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सिलवालको मुद्दामा आज बहस सकिँदै, आउला त फैसला ?

बिहीबार, २६ साउन २०७४, १२ : १९
बिहीबार, २६ साउन २०७४

काठमाडौं– नेपाल प्रहरीको महानिरीक्षक नियुक्ति विवादसम्वन्धी मुद्दाको सर्वोच्च अदालतमा आज बहस सकिँदैछ । साउन १९ गते सुनुवाइ भएपछि हेर्दाहेर्देमा राखिएको यो मुद्दाको आज  तोकिएको पेसीमा प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ जना न्यायाधीशको इजलासमा सुनुवाइ जारी रहेको सर्वोच्चका कायममुकायम रजिष्ट्रार महेन्द्रनाथ उपाध्यायले बताए । 


सुनुवाईमा प्रधानन्यायाधीश पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी सदस्य छन् । बहसपछि सरकारका तर्फबाट महान्यायाधिवक्ता र निवेदकका तर्फबाट जवाफ दिने र सम्भवत आजै अन्तिम फैसला सुनाइने छ । 


सरकारले जयबहादुर चन्दलाई आईजिपी बनाउने निर्णय बदर गर्दै पहिलो पटक चैत ८ गते सर्वोच्चले कार्यसम्पादन मूल्याङ्कन र वरिष्ठतामा डिआईजी नवराज सिलवाल अघि रहेको भन्दै पुनः नियुक्ति प्रक्रिया अघि बढाउन आदेश दिएको थियो । तर, सर्वोच्चको आदेशविपरीत सरकारले चैत २८ गते आईजिपीमा डिआइजी प्रकाश अर्याललाई नियुक्ति गरेपछि सिलवाल सर्वोच्च पुगेका थिए । यहि विचमा सिलवालको कार्यसम्पादन मुल्याङकनमा उनी आफैले केरमेट गरेको भेटिएपछि सिलवाल निकै विवादमा परेका थिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप