मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

कास्मेको अन्तर्राष्ट्रिय सल्लाहकारमा नेपालका मदन मित्तल मनोनित

बिहीबार, २६ असार २०७६, १९ : ०२
बिहीबार, २६ असार २०७६

काठमाडौं– चीनको साना तथा मध्यम आकारका व्यावसायिक प्रतिष्ठानहरुको संस्थाले एकजना नेपालीलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा मनोनीत गरेको छ ।

चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे) ले नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिजका कोषाध्यक्ष मदन मित्तल (अग्रवाल)लाई विज्ञ सल्लाहकार परिषद्को अन्तर्राष्ट्रिय सल्लाहकार सदस्य मनोनीत गरेको हो । 

गत जुन २१ देखि २३ सम्म चीनको बेइजिङमा आयोजित दोस्रो विश्व एसएमई सम्मेलनका क्रममा संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनीत गरेको हो । विश्वभरका साना र मध्यम आकारका व्यवसायीबीचको सञ्चार र विकासलाई सहजीकरण गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मित्तलले समेत सम्बोधन गरेका थिए । 

उक्त सम्बोधनबाट प्रभावित भएर संस्थाले मित्तललाई अन्तर्राष्ट्रिय सल्लाहकार मनोनीत गरेको हो । सम्बोधनमा मित्तलले अल्पविकसित मुलुकको दिगो आर्थिक प्रगतिमा साना तथा मध्यम आकारका व्यवसायको भूमिका र तिनको सशक्तीकरणको आवश्यकताबारे प्रकाश पारेका थिए ।

सम्मेलनमा विभिन्न ३७ देशका आठ सय हाराहारी प्रतिनिधि थिए । मित्तल नेपाल समुद्रपार निकासी पैठारी संघमा पनि कार्यसमिति सदस्य छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप