बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

‘लक्का जवान’मा प्रियंका

बिहीबार, २६ असार २०७६, १२ : ३१
बिहीबार, २६ असार २०७६

काठमाडौं – अभिनेत्री प्रियंका कार्की अभिनित फिल्मले पछिल्लो समय खासै व्यवसाय त गरेको छैन । तर पनि उनको हातमा फिल्मको कमी छैन । 

यस्तैमा हाँस्यकलाकार शिवहरी पौडेलले बनाउन लागेको फिल्म ‘लक्का जवान’मा पनि प्रियंका रहने भएकी छन् । फिल्म युनिटले चलचित्र अभिनयको बिषयमा बुधबार प्रियंकासँग सम्झौता गरेको जनाएको छ । 

केही दिन पहिले परेको अभिनेता तथा निर्माता किरण केसीको जन्मदिनको कार्यक्रममा घोषणा भएको यो फिल्ममा अभिनेता दीलिप रायमाझी पनि सहनिर्माताको रुपमा रहने छन् । 

फिल्मको मुख्य भुमिकामा दीलिपकी छोरी दिव्या रहने चर्चा छ । आमा बंगालमुखी फिल्म प्रोडक्सन प्रा.लिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव र अनुसुया पन्त पनि निर्माताको रुपमा रहेका छन् ।

कलाकार शिवहरी यसै फिल्म मार्फत निर्देशनमा डेब्यु गर्न लागेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप