केन्द्रीय संस्करण
अर्थचिन्तन

चरम संकटमा पूँजीवादः यस्तो हुन सक्छ वैकल्पिक अर्थनीतिका पाटाहरु

आजको समस्याः विचारको विकास र सम्बर्धनमाथि विश्वास जगाउने सोचको खडेरी

person explore access_timeअसार २६, २०७६ chat_bubble_outline1

बारम्बार हामीले सुन्दै आएको र भनिँदै आएको कुरा होः पूँजीवाद मरणोन्मुख व्यवस्था हो, यो संकटमा छ । इतिहासको कालखण्डमा बेहोरिएका संकटबाट सिकिएका कुरा थिए ती । चाखलाग्दो कुरा के छ भने, इतिहासमा आइलागेका ठूला ठूला जोखिमहरुले अवसान नै हुने स्थितिको संघारमा पूँजीवादलाई पटक पटक उभ्याइदिएको थियो तैपनि ती संकटहरुलाई झेल्दै, टार्दै, छल्दै बौरिँदै ऊ आएको देखिन्छ ।  बारम्बार यस्तो किन हुन्छ ? त्यसमाथि थप, के साँच्चै नै पूँजीवाद मरणोन्मुख व्यवस्था नै हो त ? वर्तमानमा यसले भोगिरहेको दशा र नियति चाहिँ के हो ? यी र यस्ता कुरालाई सही ढंगले बुझ्नको लागि पूँजीवादका चरणहरुलाई बुझन् र पछाडि फर्केर हेर्नुपर्ने हुन्छ ।

व्यापारवाददेखि नवउदारवादसम्मको यात्रा

१५ सयवर्षअघि शुरु भएर करिब ५०० वर्षअघिसम्म व्यापारवाद (Mercantalisam)  विश्वमा प्रचलित थियो । त्यसको सार भनेको घरेलु उत्पादनहरुलाई बजारमा लगेर बेच्ने र विनिमय गर्ने नै थियो । चिनिया सिल्क रोड यही ‘मर्केण्टियालिजम’कै उपज थियो त्यसले नै युरोप र एशियालाई जोडेको थियो । नेपाल पनि परापूर्वकालदेखि नै  सिल्क रोडसँग जोडिएको देखिन्छ । हुम्लाको लिमीमा झन्डै ८०० वर्षअगाडि बनेको गुम्बामा कुँदिएका बुट्टाहरु सुनौला देखिन्छन् । त्यही कुरा ४ सय बर्ष अगाडिका लोमान्थाङस्थित गुम्बाहरुमा देख्न पाइन्छ । कर्णाली र कालीगण्डकी करिडोर भएर सिल्क रोडसम्म जोडिने व्यापारकै कारण त्यहाँको आर्थिक सम्पन्नताबारे आज हामी कल्पना गर्न सक्दछौँ । काठमाडौंबाट पनि सुनकोशी तथा त्रिसुली करिडोर भएर तिब्बतसम्म व्यापार हुने गरेको थियो । त्यो सिल्क रोडसँग जोडिएको थियो । त्यो व्यापारवादसँग सम्बन्धको कुरा हो ।

***

कर्णाली र कालीगण्डकी करिडोर भएर सिल्क रोडसम्म जोडिने व्यापारकै कारण त्यहाँको आर्थिक सम्पन्नताबारे आज हामी कल्पना गर्न सक्दछौँ । काठमाडौंबाट पनि सुनकोशी तथा त्रिसुली करिडोर भएर तिब्बतसम्म व्यापार हुने गरेको थियो । त्यो सिल्क रोडसँग जोडिएको थियो । त्यो व्यापारवादसँग सम्बन्धको कुरा हो ।

***

अलि बढी आयआर्जन र नाफाआर्जनका लागि बस्तु तथा सेवाको उत्पादन गर्न थालिएपछि र वस्तु तथा सेवाको मागको आधारमा बढी नै उत्पादन हुन थालेपछि हिजोको त्यही व्यापारवादले पूँजीवादको रुप ग्रहण गर्दै गयो । बढी नाफाआर्जन गर्ने उद्देश्यले गरिने उत्पादन नै पूँजीवाद हो । व्यापारवादमा पनि नाफा त गरिन्थ्यो तर त्यसको अंश थोरै हुन्थ्यो । पूँजीवादमा चाहिँ जसरी पनि बढी नाफा कमाउने चाहना राखिन्छ ।

पहिलो औद्योगिक क्रान्तिको समयमा कृषिक्षेत्रमा कार्यरत भूमिहीन किसानहरुलाई नव उद्योगहरुमा ल्याइयो र भरमार प्रयोग गरियो, १८–२० घण्टासम्म मानिसहरुलाई जोतियो । मजदुरलाई धेरै समय शारीरिक श्रममा लगाउने तर समग्र ज्यालाभन्दा मालिकको नाफाको हिस्सा बढी आर्जन गर्ने हुन थाल्यो । त्यो बेला यस्तो शोषण प्रकृयालार्ई उदारवादभित्रको पूँजीवाद (capatilism in libarlisam) भन्ने गरिन्थ्यो ।   त्यसबेलादेखि नै भाडा उठाउने, कूतका कुराहरु पूँजीवादसँग गाँसिएर आए ।

 आदम स्मिथहरुले (जसलाई अर्थशास्त्रको पिता भनिन्छ), त्यसपछि जेरेमी वेन्थम, डेभिड रेकार्डो, जे.एस. मिल आदि पुराना अर्थशास्त्रीहरुले पुरातन अर्थशास्त्रका इतिहास र सिद्धान्तहरु लेख्न थाले । तर अत्यधिक शोषण बढ्दै गएपछि समानताको सिद्धान्त (कम्यूनिजम) पूँजीवादलाई ‘काउण्टर’ दिने गरी अगाडि आयो र पछि कम्युनिष्ट सिद्धान्त अगाडि सारियो । सारमा पूँजीवादले धेरै शोषण गर्यो, मानिसहरुलाई १८–२० घण्टा खटाइयो । काम गर्दा गर्दै मानिसहरु बिमारी पर्ने,  मर्ने तर परिवारका सदस्यहरुले क्षतिपूर्ति पनि नपाउने, श्रम बराबर सेवा सुविधाहरु नपाउने भएपछि, थोरै मानिसहरुले नाफाआर्जनका लागि धेरै मानिसहरुलाई शोषण गर्ने परिपाटी हुर्किएपछि साम्यवाद व्यवस्थित गर्न नै “कम्युनिष्ट घोषणापत्र” लेखिएको थियो  । त्यसकारण, कम्युनिष्ट सिद्धान्त  पूँजीवादी उदारवादको विरोधी तथ्यपरक ढंगले लेखिएको सिद्धान्त हो । अर्को शब्दमा भन्दा शोषणमा आधारित पूँजीवादी व्यवस्थाका विरुद्धमा कम्युनिष्ट सिद्धान्तको जन्म भएको हो ।

***

पूँजीवादले धेरै शोषण गर्‍यो,मानिसहरुलाई १८–२० घण्टा खटाइयो । काम गर्दा गर्दै मानिसहरु बिमारी पर्नेमर्ने तर परिवारका सदस्यहरुले क्षतिपूर्ति पनि नपाउने,श्रम बराबर सेवा सुविधाहरु नपाउने भएपछि,थोरै मानिसहरुले नाफाआर्जनका लागि धेरै मानिसहरुलाई शोषण गर्ने परिपाटी हुर्किएपछि साम्यवाद व्यवस्थित गर्न नै “कम्युनिष्ट घोषणापत्र” लेखिएको थियो  ।

***

दोश्रो औद्योगिक क्रान्ति मूलतः बिजुली बत्तीको आविष्कार भएपछि सुरु भयो । त्यसपछि पूँजीवादले अर्को नयाँ चोला फेर्‍यो । यसको लामो श्रृङ्खला छ । बिजुली आएपछि मानिसले गर्ने काम मेशिनले गर्न थाल्यो । त्यसअघि नै वाष्पइन्जिन आइसकेको थियो । बिजुलीको कारण उत्पादन धेरै गुणाले बढ्यो । खेती किसानी छाडेर ठूलो संख्यामा मानिसहरु उद्योगमा लगानी गर्न थाले । त्यसको अन्तर्य भनेको कृषिमा भन्दा बढी नाफा उद्योगमा हुनु नै हो । जति उद्योग थपिए, औद्योगिक मजदुरको संख्या पनि विशाल हुन पुग्यो ।

औद्योगिकीकरणका पनि चरण हुन्छन् । कृषिमा उत्पादन गरिरहेका मानिसहरुले धेरै आम्दानी गरेका छन् भने तिनले पनि ‘प्रशोधन’ उद्योग खोल्ने भए । जस्तो, धान उत्पादनमा संलग्न हुनेहरुले व्यक्ति वा सामुहिक रुपमा चामल मिल खोल्न थाले । फलफूल खेती गर्नेले जुस बनाउने उद्योग खोल्न थाले । त्यसलाई प्रशोधन उद्योग भन्न थालियो । धान मिलका लागि मेशिन उत्पादन गर्ने उद्योगपतिहरुको अर्को टोली निस्कियो । जसलाई पूँजीगतवस्तु निर्माता भनियो । उदाहरणको लागि, हामीले जुस खायौँ, मिलले कुटेको चामलको भात खायौँ भने त्यो उपभोग्य समाग्री  (कन्जुमर गुड्स) भयो । त्यसैले उत्पादनमुलक उद्योगपतिहरु पनि दुई खालका उत्पादक भएर देखा परे ।

 


यो पनि पढौं

पूँजीवादको विकास हुँदै जाँदा तिनीहरु सवैलाई बजार चाहिन्छ । उसले खुला,स्वतन्त्र बजार र अर्थतन्त्रको विकास गर्न चाहन्छ । तर अहिले हामी देख्छौंः उनीहरु स्वयं त्यो नीतिमा नियन्त्रण गर्दै गइरहेका छन् । यो वास्तवमा पूँजीवादभित्र आएको संकटको परिणाम हो ।

मोहनविक्रम सिंह


मार्क्सले पूँजीको सञ्चितिको कुरा गरेका छन् । पूँजीको सञ्चिति चाहिँ कसरी हुन्छ ? उत्पादनमा, बढीभन्दा बढी मानिसहरु लगाएर अतिरिक्त काम गराउँदै लगे । बस्तु तथा सेवा उत्पादनबाट हुने आम्दानीको थोरै हिस्सा ज्यालामा जाने र बाँकी ठूलो हिस्सा नाफाका रुपमा पूँजीपतिले लिन्छ । खर्चहरु कटाएर गरिने नाफाको हिस्सा खर्चभन्दा बढी हुन्छ, जसलाई अतिरिक्त मूल्य (सरप्लस भ्यालु) भनिन्छ । उत्पादनको चरणमा हुने घरखर्च, मेशिनखर्च, ह्रास कट्टी, ज्यालाहरु लगायत जम्मै खर्च कटाएर हुने नाफा खर्चभन्दा बढी हुनु भनेकै अतिरिक्त मूल्य सञ्चिति हुनु हो ।

नाफाको त्यही हिस्सा फेरि अर्को ठाउँमा बढी उत्पादन गर्नको लागि लगानी गरिन्छ । यसरी पूँजीवादले एकपछाडि अर्को, अर्को पछाडि अर्को गरी झन बढी उत्पादन गर्दै जान्छ, झन बढी नाफा कमाउदै जान्छ । यो नाफाआर्जन गर्ने क्रमलाई नै पूँजीवादी प्रकृयाका रुपमा बुझिन्छ ।

दोश्रो औद्योगिक क्रान्तिपछि औद्योगिक मुलुकहरुमा उपभोग गर्न सकिनेभन्दा पनि  बढी नै उत्पादन गर्न थालियो तर खरिद गर्ने उपभोक्ताहरुको अभाव हुन थाल्यो । बढी भएको उत्पादन बेच्नका लागि उत्पादकहरु बीच प्रतिस्पर्धा हुनु अस्वभाविक थिएन । फलतः आफ्ना उत्पादनहरुलाई बेच्नका लागि बजार विस्तार गर्ने क्रममा विश्वका भूभागहरु छान्ने र कब्जा गर्ने क्रम शुरु भयो, जसलाई साम्राज्यवादी कृयाकलाप भनियो । बिगतमा आन, वान र सानका लागि वा वादशाह कहलिन अर्को मुलुकमाथि हस्तक्षेप गरिन्थ्यो भने अब आएर बजार कब्जा गर्न पनि भूभाग कब्जा गर्न थालियो । यसपछि अर्को ठूलो सञ्चितिको कार्यक्रम सुरु भयो । स्थानीय वा राष्ट्रिय शोषण बढेर अन्तर्राष्ट्रिय शोषण सुरु भयो । त्यो क्रम झण्डै अढाई तीनसय वर्षदेखि आजपर्यन्त जारी छ ।

***

बिगतमा आन,वान र सानका लागि वा वादशाह कहलिन अर्को मुलुकमाथि हस्तक्षेप गरिन्थ्यो भने अब आएर बजार कब्जा गर्न पनि भूभाग कब्जा गर्न थालियो । यसपछि अर्को ठूलो सञ्चितिको कार्यक्रम सुरु भयो । स्थानीय वा राष्ट्रिय शोषण बढेर अन्तर्राष्ट्रिय शोषण सुरु भयो । त्यो क्रम झण्डै अढाई तीनसय वर्षदेखि आजपर्यन्त जारी छ ।

***

पहिले पहिले युरोपियनहरुले अमेरिका पत्ता लगाए भनियो । तर वास्तवमा त्यो पत्ता लगाएको होइन, अमेरिका त पहिलेदेखि नै त्यहीँ थियो । युरोपियनहरु पहिलो पटक त्यो ठाउँमा पुगेका मात्र थिए । त्यो महाद्वीपमा उहिलेदेखि नै मानिसहरुको बसोबास चलिरहेकै थियो । पहिलेदेखि नै युरोपेलीहरुको भन्दा भिन्न संस्कार संस्कृति थियो । आफ्नै खालको सभ्यता थियो ।  साँच्चिकै गरिवीका कारण एक ठाउँबाट अर्को ठाउँ हिँडिरहने बाठा युरोपेलीहरुले आफ्ना लागि खासा ठाउँ देखे र विस्तारै विस्तारै हस्तक्षेप गर्दै लगे । उत्पादनमूलक राम्रो हावापानी भएका ठाउँहरु पनि कब्जा गर्दै गए । उदाहरणको लागि, ल्याटिन अमेरिकाका धेरै देशहरुमा स्पेनिश, डच र पोर्चुगिजहरुले  बोलिनुको कारण त्यहाँ उनीहरुले कब्जा गरेकोले पनि हो । व्रिटिशहरुले युरोप, एशिया र उत्तर अमेरिका हाम्रै छिमेकी देश भारतमा कब्जा जमाए । अहिलेको शक्तिराष्ट्र संयुक्त राज्य अमेरिका, क्यानडा पनि बेलायतकै उपनिवेश थिए । व्रिटिशले नेपाल, अफगानिस्तान लगायतका केही देशहरुलाई कब्जा नगर्नुको कारण नसकेर होइन, आम रुपमा गरिबी र नाफा हुने नदेखेर मात्रै हो ।

यो पनि पढौं
इरान/अमेरिकी द्वन्द्वः के पर्न सक्छ नेपाललाई असर ?
नेपाली अर्थतन्त्रका वर्तमान आयामहरु र अपनाउनुपर्ने बाटाहरु

सन् १७८३ मा अमेरिकी क्रान्ति सम्पन्न भयो । बेलायतवाट मुक्त भएपछिको सय वर्षमा अमेरिका स्वयं बलियो पूँजीवादी राष्ट्रको रुपमा देखापर्‍यो । किनकि बेलायतको तुलनामा उनीहरु कहाँ औद्योगिकीकरण गर्नका फराकिलो ठाउँ थियो, जल र थल यातायात निर्माण गर्ने उपयुक्त थलो थियो, ठिक्कको जनसंख्याको उपस्थिति थियो । बेलायतसँग त्यस्ता ठाउँहरुको अभाव थियो । अमेरिकीहरुको लागि अनुकूलता नै एक ठाउँमा एकथरि, अर्को ठाउँमा अर्कोथरि उत्पादन गर्न सकिने खालको ठाउँ–सुविधा विद्यमान थियो । त्यो अनुकूलताकै कारण अमेरिकाले विस्तारै वेलायतलाई विस्थापन गर्दै लग्यो र आफूलाई अग्रणीको रुपमा स्थापित गर्यो । पूँजीवादको नेतृत्वकर्ताको रुपमा अमेरिका देखापरेर आयो ।

अमेरिकी शताब्दीको रुपमा चिनिएको बीसौं शताब्दीको दोश्रो दशक अर्थात् सन् १९१७ मा रसियन क्रान्ति भयो ।  ल्भादिमिर इल्वीच लेनिनको नेतृत्वमा भएको त्यो क्रान्तिलाई “महान अक्टोबर क्रान्ति” भनिन्छ । परम्परागत क्रान्तिहरु भन्दा यो क्रान्ति फरक थियो । यो क्रान्ति श्रमजीवी, सर्वहाराहरुको पहलमा उदारवादविरोधी समाजवाद निर्माणका लागि सफलतापूर्वक सम्पन्न भएको पहिलो क्रान्ति थियो ।

पूँजीवादमा संकट

उत्पादित वस्तु तथा सेवा अत्यधिक हुँदै जाने तर बहुसंख्यक सामान्य मान्छेको हातमा खरिद गर्ने ताकत (गोजीमा पैसा) नरहँदा उत्पादित वस्तु किन्न सक्ने अवस्था नै रहँदैन । उत्पादन समयमा नै बिक्री भएन भने सञ्चिति र नाफा घट्न जान्छ । त्यसैले सामान्य मान्छेको हातमा कम्तिमा आफ्नो र परिवारको न्यूनतम आवश्यकता धान्न सक्ने आर्थिक क्षमता हुन पर्‍यो । त्यस्तो क्षमता ती सामान्य मानिसको हातमा पूँजी निर्माण गर्ने उत्पादनका साधनमा (ज्ञान, सिप, जमिन, कारखाना) पहुँच पुग्नु पर्‍यो । अर्को अर्थमा सामान्य जीविकाका लागि अर्थोपार्जनको उपाय हुनु पर्‍यो भन्ने नै हो । त्यसरी सामान्य मानिसले पैसा कमायो भने मात्रै खर्च गर्छ । सामान्य मानिसहरुको ठूलो जमातले उत्पादित वस्तु र सेवा खरिद गरिदियो भने मात्र उद्योगी, पूँजीपतिहरुले नाफाआर्जन र सञ्चिति गर्छन् । आमउपभोक्ताले खरिद गर्न सकेनन् भने पूँजीपतिको नाफाआर्जन गर्ने मुहान बन्द हुन्छ । आमरुपमा औद्योगिक पूँजीपतिहरुको उत्पादन र नाफा घटेपछिको अवस्थालाई नै पूँजीवादी संकट भनिन्छ ।

https://hti.osu.edu

आर्थिक महामन्दी र लोककल्याणकारी राज्यको अवधारणा

अत्यधिक नाफाआर्जन, गरिब, श्रमजीवी सर्वहारावर्गसँग काम गरिखाने परिस्थितिको अभाव अर्थात् उत्पादनका साधनमा पहुच नहुँदाका कारण उनीहरुको क्रयशक्ति अत्यन्तै न्यून विन्दुमा पुग्यो । सन्  १९२९ देखि १९३३ सम्म त्यही कारणले विश्वव्यापि रुपमै ठूलो आर्थिक महामन्दी (Great depression) ल्यायो । त्यसैले राज्यले पूँजीपति वा बजारको हातमा मात्रै आर्थिक आयआर्जन गर्ने अधिकार छोडिदियो भने, बजारलाई नियमन गरिएन भने, नाफा वा सम्पतिको हिस्साको वितरण गरिएन भने र सामान्य मानिसले आफ्नो खर्च जुटाउने गरी आयआर्जन गर्न सक्ने ठाउँ रहेन भने मुलुकको अर्थतन्त्र  डुब्छ भन्ने पाठ त्यो बृहत मन्दीले सिकाएको थियो ।

***

राज्यले पूँजीपति वा बजारको हातमा मात्रै आर्थिक आयआर्जन गर्ने अधिकार छोडिदियो भने,बजारलाई नियमन गरिएन भने,नाफा वा सम्पतिको हिस्साको वितरण गरिएन भने र सामान्य मानिसले आफ्नो खर्च जुटाउने गरी आयआर्जन गर्न सक्ने ठाउँ रहेन भने मुलुकको अर्थतन्त्र  डुब्छ भन्ने पाठ त्यो बृहत मन्दीले सिकाएको थियो ।

***

त्यो बेलाको बृहद मन्दीबाट पार पाउने उपायकै खोजीको क्रममा पोलिस अर्थशास्त्री माइकल केलिस्की तथा बेलायती अर्थशास्त्री जोन मिन्यार्ड किन्सले “जेनरल थ्योरी अफ इम्प्ल्वाइमेन्ट” सिद्धान्त नै प्रतिपादन गरे ।

किन्सको १९३६ मा प्रकाशित भएको जेनरल थ्योरी अफ इम्प्लोयमेन्ट मनी एण्ड इन्ट्रेष्ट किताबको मोटामोटी सार नै–  ‘राज्यले सबभन्दा शक्तिशाली भूमिका निर्वाह गर्नुपर्छ । व्यापारी, उद्योगपतिले आफ्नो काम गर तर तिमीले त्यो वापत कर पनि तिर्नुपर्छ । नाफा गरेको पूँजीगत कर तिरेर नाफाको हिस्सा वितरण गर्न राज्यलाई अवसर उपलब्ध गराउनु पर्छ’ भन्ने थियो । त्यसमा ‘आम मानिसको पूर्ण रोजगारीको ग्यारेन्टी हुनुपर्छ । त्यो भएपछि मानिसको आम्दानी हुन्छ । आम्दानी भएपछि खर्च गर्छ । खर्च गरेपछि अर्थतन्त्र चलायमान हुन्छ’  भन्ने मूलभूत सिद्धान्त प्रस्तुत गरिएको थियो ।  वास्तवमा लोककल्याणकारी राज्यको अवधारणा यसैमा अन्तरनिहित छ । त्यो अन्तर्गत नै ‘राज्यले न्यूनतम पनि शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्छ’ भन्ने मूलभूत रुपमा पर्दछ ।

***

अक्टोबर क्रान्तिले संसारमै ठूलो उथलपुथल ल्याइदिएको थियो ।सारा विश्वमै नयाँ जोश उमंग आएको त्यो स्थितिबीच पूँजीवादलाई बचाउने हो भने,कम्युनिष्ट सिद्धान्तका केही राम्रा पक्षहरुलाई आफूमा समाहित गरिएन भने आफू डुब्छौं भन्ने कुरा पूँजीवादले आत्मसात गर्यो । त्यसै क्रममा किन्सको ‘जेनरल थ्योरी’  पूँजीपति र श्रमजीवीहरु बीच सहकार्य गर्ने एउटा कडीको रुपमा देखापरेको थियो ।

***

लोककल्याणकारी राज्यको यो अवधारणा कम्युनिष्ट सिद्धान्तबाट प्रभावित वा अभिप्रेरित छ भन्ने आधारहरु छन् । विशेष गरी कम्युनिष्टहरुले शिक्षा र स्वास्थ्यलाई निःशुल्क तुल्याए । बेलायत जस्तो विकसित देशमा पनि महिलाहरुले भोट हाल्ने अधिकार १९२९ तिर मात्रै पाए, जबकि त्यो अधिकार रुसमा महिलाहरुले अक्टोबर क्रान्तिको लगत्तै १९१८ मै पाएका थिए । त्यतिखेर त महिला मन्त्री नै समेत भएका थिए । अक्टोबर क्रान्तिले संसारमै ठूलो उथलपुथल ल्याइदिएको थियो ।सारा विश्वमै नयाँ जोश उमंग आएको त्यो स्थितिबीच पूँजीवादलाई बचाउने हो भने, कम्युनिष्ट सिद्धान्तका केही राम्रा पक्षहरुलाई आफूमा समाहित गरिएन भने आफू डुब्छौं भन्ने कुरा पूँजीवादले आत्मसात गर्यो । त्यसै क्रममा किन्सको ‘जेनरल थ्योरी’  पूँजीपति र श्रमजीवीहरु बीच सहकार्य गर्ने एउटा कडीको रुपमा देखापरेको थियो । धनीले धन कमाउँदा फरक पर्दैन तर आयआर्जन गरेको नाफाको निश्चित हिस्सा कर तिर भन्ने नीतिलाई तत्कालीन पूँजीवादी शासकहरुले स्वीकारे ।

पूँजीपतिहरु शुरुशुरुमा नाफाको ७०÷८० प्रतिशतसम्म कर तिरे । यतिबेला अमेरिकामा धनाढ्यहरुले २८ प्रतिशत कर तिर्छन् । राज्यको ढुकुटीमा जम्मा भएको त्यो कर राज्यले सर्वसाधारणका लागि शिक्षा र स्वास्थमा खर्च गर्छ । त्यसैले पूँजीवादले अंगीकार गरेको लोककल्याणकारी राज्यव्यवस्थामा थोरै भए पनि आर्थिक समानताको आधार निर्माण हुन पुगेको थियो ।

***

शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले गरिदिएपछि सामान्य मानिस पनि ठूला भए । शिक्षाको चेतनाले र राज्यले जिम्मा लिएपछि करिब करिब सबै जना सक्षम र सवल भए । त्यो देख्न नसकेर विश्वका पूँजीवादीहरुले फेरि अर्को षड्यन्त्ररचे ।

***

पूँजीवादमा आधारित लोककल्याणकारी राज्यव्यवस्था लगभग ३० वर्षपछि फेरि धरापमा पर्‍यो  । १९७४–७५ मा अर्को आर्थिक संकट देखापर्यो । धनी पूँजीपतिहरुको धन र सञ्चय कमजोर भयो । फेरि शिक्षा र स्वास्थ्यको प्रत्याभूति राज्यले गरिदिएपछि सामान्य मानिस पनि ठूला भए । शिक्षाको चेतनाले र राज्यले जिम्मा लिएपछि करिब करिब सबै जना सक्षम र सवल भए । त्यो देख्न नसकेर विश्वका पूँजीवादीहरुले फेरि अर्को षड्यन्त्र रचे । लोककल्याणकारी अवधारणाका कारण मनग्य नाफाआर्जन भएन, नाफा नकमिएपछि लगानी कमजोर हुन पुग्यो, लगानी कमजोर भएपछि, रोजगारी बढ्ने कुरा भएन । यस्ले (Stagflation) भित्रियो भन्न थालियो । त्यसको अचुक समाधानको रुपमा बजारको नै मुख्य हो भन्ने कुरा फेरि अघि सारियो, जसलाई वाशिङ्टन कन्सेन्सस (Washington Consensus)  पनि भन्ने गरिन्छ । त्यसले फेरि विस्तारै बजारले नै सबै थोक निधारण गर्ने भन्नेतिरै फर्कायो ।

परिणामतः फेरि धनीहरु बढी नाफामुखी हुँदै गए । सञ्चिति एकोहोरिँदै गयो । बहुसंख्यक मानिस पूँजी निर्माण वा उत्पादनबाट बाहिरिँदै गए । सन् १९२९–३३ को महामन्दीजस्तै संकट फेरि सन २००८ सेप्टेम्बरबाट दोहोरिन सुरु भयो । सुरुमा अमेरिकी बैंकहरु टाट पल्टिए  । यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर ‘लेफ्ट’हरुले एक खालका कुरा गरेका छन् तर तर ‘राइटिस्ट’हरुले त्यो कुरालाई टेरेनन् । सामान्य मानिसलाई अपठेरो हुँदै गयो । यसले आयआर्जन गर्न सक्ने मानिसको क्षमता कमजोर हुँदै गयो  । अमेरिकामा आवासको सम्बन्ध जोडियो ।

पोष्ट इण्डष्ट्रिलाइजेशन अर्थात् औद्योगिकीकरणपछिको अमेरिकामा घरजग्गा व्यवसाय (रियल स्टेट) मा अमेरिकी पूँजीपतिहरुले अस्वभाविक रुपमा लगानी गरिरहेका थिए । घरजग्गाको मूल्य वास्तविकभन्दा बढी कृत्रिम ढंगले अगाडि बढ्यो । त्यसैको स्वभाविक परिणति अमेरिकी अर्थतन्त्र, बैंकहरु दुर्घटनाग्रस्त बन्न पुगे ।

***

यतिखेर फेरि पनि पूँजीवाद भयंकर जोखिममा छ । आम मान्छेको क्रयशक्ति घट्दो छ,उत्पादन कम हुँदै गएको छ । राज्यले पूँजीपतिहरुलाई नै बढी धन थुपार्न सहयोग गरिरहेको छ । यसले गर्दा थोरै मानिसहरुको हातमा पैसा जम्मा भयो । अहिले ८ जना धनीको हातमा विश्वको आधा जनसंख्या बराबरको पूँजी  थुप्रिएको छ । यसले पनि देखाउँछः  पूँजीवादभित्र असमानता व्यापक रुपमा बढेको छ ।

***

भन्ने नै हो भने यतिखेर फेरि पनि पूँजीवाद भयंकर जोखिममा छ । आम मान्छेको क्रयशक्ति घट्दो छ, उत्पादन कम हुँदै गएको छ । राज्यले पूँजीपतिहरुलाई नै बढी धन थुपार्न सहयोग गरिरहेको छ । यसले गर्दा थोरै मानिसहरुको हातमा पैसा जम्मा भयो । अहिले ८ जना धनीको हातमा विश्वको आधा जनसंख्या बराबरको पूँजी  थुप्रिएको छ । यसले पनि देखाउँछः  पूँजीवादभित्र असमानता व्यापक रुपमा बढेको छ । यस्तो कुराले यतिखेर  विश्वव्यापी पूँजीवाद  जोखिममा छ ।

यो संकटलाई व्यवस्थापन गर्नको लागि सामान्य मानिसको क्षमता अभिबृद्धि गरिनुपर्थ्यो, उनीहरुलाई रोजगारीको माध्यम सृजना गर्नुपर्थ्यो । त्यसका लागि राज्यले मुख्य भूमिका निर्वाह गर्नुपर्थ्यो ।  तर अहिले पनि उद्योगी र व्यापारीले नै भुमिका खेलिरहेका छन् । नाफा पनि उनीहरुले नै आर्जन गर्ने हुन् । अहिले अत्यन्तै दक्षिणपन्थीहरुले चुनाव जित्नुको कारण पनि यही हो ।

यसो किन भयो त ?

***

ट्रम्पको उदयपछि ‘हाम्रो उद्योग हामी आफैंले बनाउँछौं’ भनेर अमेरिकी प्रशासनले अहिले भन्सार दर बढाउन थालेका छन् । पुरानो बजार अर्थतन्त्रमा बन्देज लगाउन लागिपरेका छन् । पुनः राष्ट्रिय राज्य(nation state) मा फर्कने नारा लागेको छ । आफैंभित्र उद्योगधन्दा खोल्ने,आफैं रोजगारी सिर्जना गर्ने र आफैं नाफा आर्जन गर्ने भन्ने खालको हिसाबकिताबतिर फेरि विश्व पूँजीवाद फर्कंदैछ ।

***

सस्तो रोजगारीका कारण चीनमा उद्योगहरु सरे, अमेरिकामा रणनीतिक उद्योग मात्र बाँकी रहे । ट्रम्पको उदयपछि ‘हाम्रो उद्योग हामी आफैंले बनाउँछौं’ भनेर अमेरिकी प्रशासनले अहिले भन्सार दर बढाउन थालेका छन् । पुरानो बजार अर्थतन्त्रमा बन्देज लगाउन लागिपरेका छन् । पुनः राष्ट्रिय राज्य (nation state) मा फर्कने नारा लागेको छ । आफैंभित्र उद्योगधन्दा खोल्ने, आफैं रोजगारी सिर्जना गर्ने र आफैं नाफा आर्जन गर्ने भन्ने खालको हिसाबकिताबतिर फेरि विश्व पूँजीवाद फर्कंदैछ ।

पूँजीवाद अहिले यस्तो नया खाले संकटमा छ ।

पूँजीवादको अहिलेको संकटः उदारवाद बनाम लोकप्रियतावाद

अहिलेका नेता तथा अर्थशास्त्रीहरुले पूँजीवादी अर्थतन्त्रको विकल्प देखेका छैनन् ।  तिनलाई पूँजीवादले नै मुलुक जाग्छ भन्ने लागेको छ । समाजवादी अर्थशास्त्रीले सोच्ने, देख्ने भनेको कम्तिमा आम मानिसले रोजगारी पाउनुपर्छ भन्ने हो । जीविकोपार्जन गर्ने ठाउँ भयो भने सामान्य मानिसले आम्दानी गर्न सक्छ ।  क्रयशक्ति बढाउन र उत्पादित वस्तु खरिद गर्न सक्ने वातावरण तयार हुन्छ । तयो स्थितिमा मात्रै औद्योगिक वा कृषि उत्पादन बढ्ने हो । बजारमा बढी आम्दानी र बृद्धि होस् भन्ने कुरा गर्ने हो भने आम मानिसको पनि आर्थिक सशक्तीकरण हुनु जरुरी छ ।

***

धनी थोरै हुन्छन् र सम्पत्ति सञ्चितिको तुलनमा थोरै खर्च गर्छन् । उसले दुनियाका सबै सामग्री बटुले नै पनि उसले वा उसको परिवारले गर्ने खपत वा खर्च थोरै नै हुन्छ । सबैभन्दा बढी खर्च कामदार वर्ग वा सामान्य रोजगार गर्नेले नै गर्ने हो । सामान्य मानिससम्म रोजगार पुग्दैन वा  रोजगार दिलाउने अर्थतन्त्र छैन भने पूँजीवाद संकटमा जान्छ ।

***

वर्तमानमा पूँजीवाद  किन संकटग्रस्त भयो भन्ने कुरा खोतल्ने हो भने त्यसको उत्तर होः  मानिससँग खर्च गर्न सक्ने क्षमता भएन । धनी थोरै हुन्छन् र सम्पत्ति सञ्चितिको तुलनमा थोरै खर्च गर्छन् । उसले दुनियाका सबै सामग्री बटुले नै पनि उसले वा उसको परिवारले गर्ने खपत वा खर्च थोरै नै हुन्छ । सबैभन्दा बढी खर्च कामदार वर्ग वा सामान्य रोजगार गर्नेले नै गर्ने हो । सामान्य मानिससम्म रोजगार पुग्दैन वा  रोजगार दिलाउने अर्थतन्त्र छैन भने पूँजीवाद संकटमा जान्छ । अहिले संसारले नै त्यसखाले संकट महसुस गरिरहेको छ ।

पूँजीवादी संकटले निम्त्याउने अति राष्ट्रवाद

यस्तो स्थितिमा अति राष्ट्रवादले जन्म लिँदोरहेछ । जस्तो ट्रम्पले 'अमेरिका महान् हो, महान बन्नुपर्छ' भनिरहेछन् । उनको त्यो नाराले सर्वसाधारणलाई आकर्षित गर्छ । त्यसो भनिसकेपछि अमेरिकाभित्रै लगानी गर्नुपर्यो, अमेरिकाभित्रै उत्पादन हुनुपर्यो र अमेरिकीहरुले नै उपभोग गनुपर्यो भन्नेबित्तिकै मानिसलाई रोजगारी पनि हुनेभयो । सामान्यभन्दा सामान्य मानिसले पनि उनलाई भोट हाल्ने भयो  । ‘पपुलिजम’ भनेको त्यो हो ।

***

चीनमा कम लगानीमा धेरै उत्पादन गर्न सक्ने क्षमता निर्माण भएको छ । सस्तो मजदुरी,दक्ष जनशक्ति निर्माण भएकै कारण ऊ औद्योगिकरणको जगमा उभिएको हो । चीनमा यही कारणले निर्यात गर्ने सामग्री सस्तोमा बन्छ । अत्यधिक सस्तो उत्पादनमार्फत्  धेरै नाफा पनि आर्जन गर्छ । चिनिया मोडल लोकप्रिय बन्न थाले पछि अहिले आएर अमेरिकाले त्यसलाई रोक्ने कोशिश गरिरहेको छ ।

***

‘उदार’ भन्नेबित्तिकै खुला, ‘स्वतन्त्र’ भन्ने बुझिन्छ । अहिले विश्व बजारमा सबैभन्दा धेरै नाफाआर्जन किन भयो भन्दा सबैभन्दा सस्तो रोजगारीबाट सस्तो सामानको उत्पादन अहिले चीनले गर्छ । चीनमा कम लगानीमा धेरै उत्पादन गर्न सक्ने क्षमता निर्माण भएको छ । सस्तो मजदुरी, दक्ष जनशक्ति निर्माण भएकै कारण ऊ औद्योगिकरणको जगमा उभिएको हो । चीनमा यही कारणले निर्यात गर्ने सामग्री सस्तोमा बन्छ । अत्यधिक सस्तो उत्पादनमार्फत्  धेरै नाफा पनि आर्जन गर्छ । चिनिया मोडल लोकप्रिय बन्न थाले पछि अहिले आएर अमेरिकाले त्यसलाई रोक्ने कोशिश गरिरहेको छ ।

बलियो अमेरिकी पूँजीवाद 

सन् ७० को दशकमा ‘वाशिंगटन सहमति’ भएपछि विश्वबजार कब्जा गर्नुपर्छ भनेर अमेरिकी र युरोपियन पूँजीपतिहरुले सोचेका थिए । त्यही सोचअनुसार कम उत्पादन गर्ने र बढीमा बेचेर नाफाआर्जन गर्ने दिशातिर उनीहरु अग्रसर भए । यसले उनीहरुको उत्पादन घट्यो । एशियाली मुलुकहरुले बढी उत्पादन गर्न थाले । यसले अमेरिकी र युरोपेलीहरुको नाफा घट्यो । अहिले अमेरिकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ११५ प्रतिशत ऋणमा छ । यद्यपि उनीहरुको पूँजीवाद बलियो छ किनकि संसारभरिको धेरै सम्पत्ति त्यहाँ थोपरिन पुगेको छ । व्यक्तिगत रुपमा पनि धेरै पैसा छ, शक्ति र सामर्थ्य छ । तर पनि ऊ संकटमा पुगेको छ । त्यो पूँजीवादको नैतिक संकट हो । त्यो संकटले हामी नेपालीलाई पनि असर गर्छ । कसरी भने हामीले पनि जति उत्पादन गरेर विश्वबजारलाई बेच्ने हो, त्यो बिक्री हुँदैन । भन्सार बढ्नेबित्तिकै, उनले ढोका थुन्नेबित्तिकै हामीलाई पनि गाह्रो हुन्छ । 

***

अहिले अमेरिकाको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को ११५ प्रतिशत ऋणमा छ । यद्यपि उनीहरुको पूँजीवाद बलियो छ किनकि संसारभरिको धेरै सम्पत्ति त्यहाँ थोपरिन पुगेको छ । व्यक्तिगत रुपमा पनि धेरै पैसा छ,शक्ति र सामर्थ्यछ । तर पनि ऊ संकटमा पुगेको छ । त्यो पूँजीवादको नैतिक संकट हो । त्यो संकटले हामी नेपालीलाई पनि असर गर्छ ।

***

समाजवादको नाममा भोट बटुलेको वामपन्थीवैकल्पिक अर्थतन्त्रको कुरा

हामीले यतिखेर समाजवादोन्मुख अर्थतन्त्रको कुरा गरिरहेका छौं । अमेरिकी पूँजीवाद वा भारतीय पूँजीवाद समाधान होइन भनेरै नेपालमा वामपन्थीहरुलाई जनताले भोट दिएका हुन् । यसअर्थमा नेपालका बामपन्थीहरुले फरक खालको वैकल्पिक अर्थतन्त्रको कुरा गर्नुपर्थ्यो । तर, हिजो अलवम्बन गरिएको नवउदारवाद र खुला बजार अर्थतन्त्रकै ढाँचामा हामी हिँडिरहेका छौं । हाम्रो अहिलेको अप्ठ्यारो त्यो हो । यस अर्थमा नेपालले अपनाउनुपर्ने अर्थतन्त्रको मार्गचित्रबारे हामी प्रष्ट हुनु जरुरी छ ।

***

अमेरिकी पूँजीवाद वा भारतीय पूँजीवाद समाधान होइन भनेरै नेपालमा वामपन्थीहरुलाई जनताले भोट दिएका हुन् । यसअर्थमा नेपालका बामपन्थीहरुले फरक खालको वैकल्पिक अर्थतन्त्रको कुरा गर्नुपर्थ्यो। तर,हिजो अलवम्बन गरिएको नवउदारवाद र खुला बजार अर्थतन्त्रकै ढाँचामा हामी हिँडिरहेका छौं । हाम्रो अहिलेको अप्ठ्यारो त्यो हो ।

***

सबैभन्दा पहिले हामीले अर्थतन्त्रको संकटका पाटाहरुलाई पहिचान गर्नु जरुरी छ । मूलतः यतिखेर हाम्रो कृषि संकटमा छ । सबैभन्दा बढी जनसंख्या वा श्रमिक भएको कृषि क्षेत्र डुब्यो भने सबै कुरा डुब्छौं भन्ने बुझ्नु जरुरी छ । अतः यसलाई व्यवस्थित गर्न जमिनको व्यवस्थापन गर्नुपर्यो । कसले खेती गर्ने, कसले नगर्ने त्यसलाई पहिचान गर्नुप¥यो । जमीनलाई उत्पादनशील बनाउनुपर्यो र खेती नगर्नेलाई छाडिदेउ भनेर छाड्न लगाउने र बदलामा  उनीहरुलाई अन्यत्र रोजगारीको विकल्प पेश गर्नु र त्यसको ग्यारेन्टी गर्नुपर्यो ।

अन्तर्राष्ट्रिय बजारमा नेपालले के बेच्ने भन्ने कुराको पहिचान गरिनुपर्यो । खुट्टामा लाउने मोजादेखि टाउकोमा लाउने टोपीसम्म आयात गर्ने हाम्रो वर्तमान अवस्थामा कायम ठूलो व्यापारघाटा सन्तुलनमा ल्याउनु चुनौती छ ।  त्यसका लागि हामीले विश्वबजारमा कहाँ के बेच्न सक्छौं, त्यसको लागि बजार कहाँ हुन्छ यसबारे अनुसन्धान हुनपर्दछ ।

हवाइजहाज, रकेट बनाएर बेच्ने क्षमता त हाम्रो छैन । २ सय वर्षदेखि मानव श्रम बेच्दै आयौँ तर हामी धनी हुन सकेनौँ । यो अवस्थामा हामीले विश्वबजारमा र हाम्रै छिमेकी मुलुकहरुमा सुंगुर, गोरु, पानी, मह, दही दुध, घिउ, वा सागपात, खाद्यान्न लगाउन के के बेच्न सकिन्छ, बजारमा के बेच्न सकिन्छ त्यसको पहिचान गर्न जरुरी छ ।

खेतीपाती गर्नको लागि परम्परागत ढाँचाबाट अगाडि बढेर उत्पादनशील बन्न अब सम्भव छैन । गाउँघरतिर पशुपालन घटेर गएको छ र त्यसका लागि श्रम गर्ने मानवशक्तिको पनि अभाव हुँदै गइरहेको सन्दर्भमा अब खनजोतको लागि ट्याक्टर चाहिने भइसक्यो । अर्गानिक खेतीको आवश्यकता र महत्त्व बढ्दै गइरहेको सन्दर्भमा कुरा अर्गानिकको तर गाइवस्तु पाल्न नसकिने स्थितिका बीच के कसरी विकल्प खोज्ने र सन्तुलन ल्याउने भन्नेतर्फ पनि सोच्नु पर्यो । यसका लागि गाईवस्तु मात्रै पाल्नेहरु तथा खेतीपाती मात्रै गर्नेहरुको अलग अलग समूह बनाउन सकिन्छ । खण्डे वा टुक्रे जग्गाहरुको व्यवस्थापन गरेर सामुहिक खेतीपातीको भिन्न र प्रभावकारी ढाँचा अपनाएर उत्पादन बृद्धि गर्न सकिन्छ ।

मूलतः पूँजीवादलाई न्यूनीकरण गर्दै समाजलाई जोडेर सबैलाई उत्पादनमा जोड्ने र उत्पादन बढाउने वातावरण कसरी तयार गर्न सकिन्छ भन्नेतर्फ पहल गर्नुनै अहिलेको विकल्प हो । दुःखको कुरा, हामी त्यतातिर लागिरहेका छैनौं ।

जस्तो, समाजवादोत्मुख अर्थतन्त्र निर्माणको एउटा बाटो सहकारी खेती हुन सक्छ । यसअनुसार सबै किसानहरुको आ–आफ्नो प्लट हुन सक्छ । तर बीउ, खनजोत, ऋण लिने, बालीको स्याहारसुसार, बजार खोज्ने लगायतका कुराहरु सामुहिकताको आधारमा हुन सक्छ । यो एउटा वैकल्पिक उपाय हो । त्यसलाई परिभाषित गर्न र व्यवस्थित गर्न जान्नुपर्यो । त्यसतर्फ हाम्रो ध्यान जान सकेको छैन ।

बसोबासकै कुरा गरौं । चारवर्षअघि भुइँचालो गयो । तर अहिलेसम्म हामीकहाँ घर बन्न सकिरहेको छैन । त्यो बेला पनि गर्न सक्थ्यौं, अहिले पनि गर्न सकिन्छ । गर्नुपर्ने भनेको एकीकृत बस्तीको निर्माण नै हो । घडेरी किन्न र घर बनाउन मानिसहरु बाटो छेउछाउतिर आउन थालेका छन् । यस्तो स्थितिमा बाटो छेउछाउमा व्यवस्थित योजनाबद्ध एकीकृत बस्ती बसाउने र खेतीयोग्य जमीनमा उत्पादनशील खेतीपातीको योजनाहरु किन नबनाउने भन्नेवारेमा सोचेर योजना बनाउन सकिन्छ । यी र यस्ता कुराहरु वैकल्पिक अर्थतन्त्रका कुराहरु हुन् । यो वैकल्पिक अर्थतन्त्रलाई व्यवस्थित बनाउनका लागि हामीसँग योजनाबद्ध सूचना हुनुपर्यो, सूचनालाई एकत्रित गर्नुपर्यो र त्यसको सम्भाव्यताको पहिचान गर्नुपर्यो । अर्थशास्त्रीय भाषामा ‘म्यापिङ’ भनिन्छ । त्यो गरिनु पर्यो ।

***

धेरै ठूला कुराहरु गरिबस्नै पर्दैन । साना–मसिना कुराहरुलाई जोड्दै अघि बढ्न सकिन्छ,जहाँ आममानिस समेटियोस् र उनीहरु उत्पादनशील ढंगले व्यस्त हुन सकुन् । यो मुलुक हाम्रो हो भन्ने अपनत्वको जागरण होस् । यो स्थितिमा कतिपय कुराहरु स्वयंसेवी रुपमा पनि हुन र गर्न सकिन्छ ।

***

धेरै ठूला कुराहरु गरिबस्नै पर्दैन । साना–मसिना कुराहरुलाई जोड्दै अघि बढ्न सकिन्छ, जहाँ आममानिस समेटियोस् र उनीहरु उत्पादनशील ढंगले व्यस्त हुन सकुन् । यो मुलुक हाम्रो हो भन्ने अपनत्वको जागरण होस् । यो स्थितिमा कतिपय कुराहरु स्वयंसेवी रुपमा पनि हुन र गर्न सकिन्छ ।  उदाहरणको लागि, अहिले रेलमार्ग र जलमार्गको कुराहरु उठिरहेको छ । रुसी क्रान्ति सम्पन्न भएपछि  मस्कोबाट भ्लादिभोस्तकसम्म जाने १८००० माइलाभन्दा लामो दूरी, अर्को अर्थमा मस्कोबाट १६ घण्टा हवाइयात्राको दूरीमा रहेको स्थानसम्म रेलवे मार्ग बनाउन रुसीहरु लागि परे र झण्डै ५ वर्ष मै त्यत्रो लामो रेलमार्ग निर्माण गरे । त्यो सफलतापूर्वक सम्पन्न गरेर रुसीहरुले जनताले चाहे भने जे पनि हुन्छ भन्ने उदाहरण विश्वसामु देखाए । त्यसैगरी चीनमा जनवादी क्रान्ति सम्पन्न भएपछि नेपालको कुलेखानी जस्तो (कुलेखानीको ७८ मेगावाट )  १०० देखि १ हजार मेगावाट शक्ति भएका जलविद्युत आयोजनाहरु १ हजारवटा भन्दा बढी मानिसहरु आफै लागिपरेर बनाए ।  यसले के देखाउँछ भने जनता लागि परे भने केही कुरा पनि असम्भव  हुँदैन ।

***

कसरी विकास हुन्छ भन्ने कुराको जग भनेको विचार र विस्तृत योजना नै हो । त्यसको लागि विज्ञहरुलाई संलग्न गराइनु जरुरी हुन्छ । राज्यसत्ता र त्यसमा संलग्न संयन्त्रहरुले विचारको विकास र सम्बर्धनमाथि विश्वास जगाउन जरुरी छ । तर दुर्भाग्य नै भन्नु पर्छ यतिवेला यस्तो सोच सत्तारुढ नेकपा र सरकारमा देखिन्न ।

***

यद्यपि कसरी विकास हुन्छ भन्ने कुराको जग भनेको विचार र विस्तृत योजना नै हो । त्यसको लागि विज्ञहरुलाई संलग्न गराइनु जरुरी हुन्छ । राज्यसत्ता र त्यसमा संलग्न संयन्त्रहरुले विचारको विकास र सम्बर्धनमाथि विश्वास जगाउन जरुरी छ । तर दुर्भाग्य नै भन्नु पर्छ यतीवेला यस्तो सोच सत्तारुढ नेकपा र सरकारमा देखिन्न ।

रातोपाटीका लागि अर्थराजनीतिक विश्लेषक हरि रोकासँग एलिजा उप्रेतीले गरेको कुराकानीमा आधारित

Title Photo:https://bloximages.newyork1.vip.townnews.com/

कमेन्ट

  1. July 12, 2019, 8:47 a.m. Mohan singh gurung
    Absolutely right.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...