शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाइजेरिया र सेनेगल सेमिफाइनलमा

बिहीबार, २६ असार २०७६, ०९ : ४६
बिहीबार, २६ असार २०७६

नाइजेरिया र सेनेगल अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा नाइजेरियाले दक्षिण अफ्रिकालाई २–१ गोलले हराउँदै अन्तिम चारमा पुगेको हो । अर्को खेलमा सेनेगलले १० खेलाडीमा सिमित बेनिनलाई १–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो ।

नाइजेरियाको जितमा स्यामुएल चुकेउजेले २७औं मिनेटमा सुरुवाती गोल गरेका थिए । त्यसपछि दक्षिण अफ्रिकाका बोनगानी जुंङगुले ७१औं मिनेटमा बराबरी गोल फर्काए । अफ्रिकाको बराबरी गोलपछि जोसिएको नाइजेरियाले ८९औं मिनेटमा निर्णायक गोल गरेको थियो । नाइजेरियाका विलियम ट्रोस्ट एकोङले गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्याएका थिए । सेमिफाइनलमा नाइजेरियादे आइभरी कोस्ट र अल्जेरियाबीचको विजेतासँग खेल्नेछ ।

यसैगरी प्रतिस्पर्धात्मक अर्को खेलमा सेनेगलको जितमा इडिरसा गाना युईएले ७०औं मिनेटमा गोल गरेका थिए । बेनिनले खेलभर गोलगर्न लायक अवसर बनाउन सकेन । ८३औं मिनेटमा बेनिनका ओलिभर भर्डोन रातो कार्ड पाउँदै बाहिरिएका थिए । त्यसपछि बेनिन थप दबाबमा देखिएको थियो । सेमिफाइनलमा सेनेगलले माडागास्कर र ट्युनिसियाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप