शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

श्रीमानसँग मिलेर प्रेमीको हत्या, खाल्डो खनी पुरेको अवस्थामा शव फेला

बिहीबार, २६ असार २०७६, ०८ : ४९
बिहीबार, २६ असार २०७६

कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६ मड गाउँकी कल्पना लामालाई आफ्ना प्रेमीको हत्या गरेको अभियोगमा प्रहरीले बिहीबार पक्राउ गरेको छ । 

इलाका प्रहरी कार्यालय (फलटुडे), कैलालीका प्रहरी निरीक्षक माधव विश्वकर्माका अनुसार श्रीमान् लालबहादुर लामासँग मिलेर निज कल्पनाले प्रेमी अन्दाजी ४० वर्षीय कमल कुँवरको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो ।  
  
यही असार २२ गते कुँवरको हत्या गरेर आफ्नो घरदेखि ५० मिटरको दूरीमा रहेको खोलामा खाल्डो खनी पुरिएको अवस्थामा बिहीबार शव फेला परेको विश्वकर्माले बताए । 

प्रहरीले कल्पनाका श्रीमान समेत पक्राउ गरेको छ । मृतक गुल्मी जिल्ला घर भई यस क्षेत्रमा मजदूरीको काम गर्दै आएको बुझिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप