बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

चितवनमा गरियो ‘संरक्षण’को प्रिमियर

बिहीबार, २६ साउन २०७४, ११ : ३३
बिहीबार, २६ साउन २०७४

काठमाडौं – शुक्रबारबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘संरक्षण’ बुधबार प्रिमियर गरिएको छ । चितवनको क्यूएफएक्स जलमा चलचित्र भवनमा गरिएको प्रिमिएरमा चलचित्रका कलाकार, पत्रकार र सर्वसाधारणको भिड लागेको थियो । 


लक्की मिडिया हाउसले आयोजना गरेको प्रिमियरमा चलचित्र राम्रो बनेको धेरैले प्रतिक्रिया दिए । 


अशिष्मा नकर्मी, मलिना जोशी, प्रमोद अग्रहरिका साथमा चलचित्रका निर्माता प्रदिपकुमार उदय, नरेन्द्र महर्जनले समेत प्रिमिएरमा दर्शकसँगे बसेर चलचित्र हेरेका थिए ।


५ ‘पी’ अर्थात पुलिस ,पे्रस ,पब्लिक, पावर र पोलिटिक्स लाई कथा बनाएको चलचित्र पुर्णेन्दु प्रोडक्सन्स, द्वारिका उदय प्रोडक्सन, श्रीबास्तव फिल्मस् तथा हेटौडा मुभी मेकर्स टिमको ब्यानरमा निर्माण भएको हो ।


निखिल उप्रेती, सौगात मल्ल, अशिष्मा नकर्मी, मलिना जोशी, प्रमोद अग्रहरि लगायतका कलाकारको मुख्य भूमिका रहेको चलचित्र पुर्णेन्द्र झाले निर्देशन गरेका हुन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप