शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ३ खेलकुद विकास परिषदको सदस्य सचिवमा भण्डारी नियुक्त

बुधबार, २५ असार २०७६, १८ : २९
बुधबार, २५ असार २०७६

काठमाडौं– नेपालकै पहिलो प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा सुर्य भण्डारीले नियुक्त पाएका छन् । ३ नं प्रदेश सरकारले भण्डारीलाई प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा नियुक्त गरेको हो । मंगलबार ३ नम्बर प्रदेशको राजधानी हेटौडामा आयोजित एक कार्यक्रममा प्रदेश ३ का सामाजिक विकास मन्त्री युवराज दुलालले सदस्यसचिव भण्डारीलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । 

प्रदेश नं ३ को असार ९ गते बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश खेलकुद विकास परिषदको सदस्यसचिवमा काठमाडौं महानगरपालिका–३१ का सुर्यलाल भण्डारीसहित ६ जना सदस्यहरु नियुक्त गरेको थियो । मन्त्री स्वयम् अध्यक्ष हुने ब्यवस्था रहेको परिषदमा बाँकी सदस्यहरु सामाजिक विकास मन्त्रीले नियुक्त गर्नेछन् भने परिषदको पदेन सदस्यमा प्रदेश प्रहरी प्रमुख, सामाजिक विकास मन्त्रालयका सचिव, प्रदेश योजना आयोगका सचिव रहनेछन् । 

सदस्यसचिव भण्डारी खेलकुद क्षेत्रमा व्यवस्थापकीय क्षमता भएको ब्यक्तिको रुपमा परिचय बनाएका व्यक्ति हुन् । उनले राष्ट्रिय खेलकुद परिषद अन्तरगतको राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघको कोषध्यक्ष हुदै महासचिव, नेपाल क्वानमुकान कराते दो संघको उपाध्यक्ष, नेपाल एजुकेसन एण्ड स्पोर्टस फाउण्डेसनको प्रमुख ब्यवस्थापक र नेपाल विद्यालय खेलकुद महासंघको महासचिवको रुपमा लामो समय काम गरेका छन् । 
हरेक जिम्मेवारीमा उत्कृट नतिजा दिन सक्ने भण्डारी शिक्षा र पत्रकारिता क्षेत्रमा पनि दख्खल भएका व्यक्ति हुन् । उनले २०६८ सालमा नेपाल सरकारद्वारा प्रदान गरिने राष्ट्रिय शिक्षा पत्रकारिता पुरस्कार समेत प्राप्त गरेका थिए । ब्यवस्थापन र शिक्षा संकाय दुबैमा स्नातकोत्तर गरेका भण्डारी लामो समयदेखी एकिकृत अखिल नेपाल शिक्षक संगठनको केन्द्रिय सचिवालय सदस्यको जिम्मेवारीमा थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप