बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बुटवलमा विषादी परीक्षण सुरु

बुधबार, २५ असार २०७६, १५ : ४४
बुधबार, २५ असार २०७६

बुटवल– कर्मचारी अभावका कारण बन्द भएको बुटवलको विषादी परीक्षण एकाई (प्रयोगशाला) मा बुधबारबाट तरकारी तथा फलफूलको नमुना जाँच्न सुरु गरिएको छ । 

मुलकभर बिषादी प्रकरणले चर्चा पाएपछि कृषि मन्त्रालयको सक्रियतामा  बुटवलमा बिषदी परीक्षण थालिएको हो ।

संघीय संरचना अन्र्तगतको नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतमा रहेको कार्यालय एक बर्ष पहिला सञ्चालनमा आएपनि कर्मचारी समायोजनमा कर्मचारीहरु अन्यत्र गएपछि बन्द भएको थियो ।

जिल्ला कृषि विकास कार्यालय रुपन्देहीका बरिष्ठ बाली संरक्षण अधिकृत रामबहादुर खत्री काजमा कार्यालय प्रमुखको रुपमा आएर तरकारी तथा फलफुलको नमुना परीक्षण थालिएको हो ।

खत्रीले फलफुल तथा तरकारीको नमुना संकलन गरी परिक्षण सुरु गरिएको जानकारी दिए । उनले आफु एक जना र कार्यालय सहयोग मात्रै रहेको कार्यालयमा कार्य गर्नको लागि कठीन रहेको समेत बताए ।

उनले प्रदेश सरकारले असार पश्चात केही कर्मचारी पठाएमा कार्य सञ्चालनमा सहज हुने समेत जानकारी दिए । कम्तीमा पनि ३ जना प्राविधिक सहायक, नावय प्राविधिक सहकाय आवश्यक पर्ने उनको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप