शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अत्यावश्यक बस्तुमा व्यवसायीको सिन्डिकेट, आजदेखि पेट्रोलियम ढुवानी बन्द

बिहीबार, २६ साउन २०७४, ११ : १४
बिहीबार, २६ साउन २०७४

काठमाडौं–पेट्रोलियम पदार्थ दुवानीमा भएको प्राविधिक नोक्सानीको बिषयलाई लिएर पेट्रोलियम व्यवसायी आन्दोलित भएका छन् । व्यवसायीले नेपाल आयल निगमले ढुवानीमा भएको थप प्राविधिक नोक्सानी वेहोर्नु पर्ने माग अघि सारेर आज (बिहीबार) वाट डिपोवाट पेट्रोलियम पदार्थ नउठाउने भएका छन् । 


पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनले सार्वजनिक रुपमै निगमलाई चुनौती दिदैंं पेट्रोलियम ढुवानी नगर्ने र आगामी साउन ३१ वाट पेट्रोलियम पदार्थको कारोवार नै बन्द गर्ने धम्की दिएको छ । एसोसिएसनले यसअघि नै निगमसँग राखिएका आफ्ना माग पुरा नगरेसम्म आन्दोलन जारी रहने भन्दै अत्यावश्यक वस्तु पेट्रोलियमको दुवानी नै बन्द गर्न लागेका हुन् । 


एसोसिएसनले निगमसँग ४ हजार लिटर पेट्रोल ढुवानी गर्दा ८५ लिटर प्राविधिक नोक्सानी हुने गरेको भन्दै त्यसको भरपाई निगमले गर्नुपर्ने अडान राखेका छन् । यस्तै, पेट्रोल पम्पमा उपभोक्तलाई पेट्रोलियम पदार्थ विक्रिगर्दा देखिने अंक भन्दा कम परिमाणमा तेल वितरण भएपनि कारवाही गर्न नमिल्ने अडान अघि सारेको छ । नोजलवाट तेल झर्दा प्राविधिक रुपमा अंक भन्दा कम भएपनि कारवाही गर्न नमिल्ने तर्क व्यवसायीको छ । 


एसोसिएसनले बुधबार पत्रकार सम्मेलन गरेरै आजवाट पेट्रोलियम ढुवानी नगर्ने घोषणा गरेको हो । एसोसिएसनका अध्यक्ष लिलेन्द्र प्रधानले यसअघिका माग निगमले पुरा नगरेका कारण आफुहरु आन्दोलन गर्न वाध्य भएको दावी गरे । निगमले व्यवसायीका माग असार भित्रै सम्वोधन गर्ने वताएपनि अहिलेसम्म आनाकानी गरेको आरोप उनको छ । 


निगमले हाल ४ हजार लिटर पेट्रोल ढुवानीमा ३५ लिटर क्षतीपुर्ती स्वरुप उपलव्ध गराउँदै आएको छ । पेट्रोलियम ढुवानी व्यवसायी र डिलर्स व्यवसायीले पटक पटक सरकारी निकायसँग विभिन्न माग राख्दै पेट्रोलियम ढुवानी र वितरणमा अवोधर गर्दै आएका छन् । 


राज्यले अत्यावश्यक वस्तुका रुपमा राखेको पेट्रोलियम पदार्थको ढुवानी तथा विक्रिमा विभिन्न माग तेर्साएर आन्दोलन गरिरहेका व्यवसायीमाथि कडा कारवाही गर्न सकिरहेको छैन । व्यवसायीकै मिलेमतोमा निगमका कर्मचारीले उपभोक्तालाई प्रत्यक्ष असर पर्नेगरि काम गर्ने गरेको आरोप समेत लाग्ने गरेको छ । 


निगमका विभिन्न डिपोमा रहेका कर्मचारीले व्यवसायीकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट गर्ने तथा चोरी गर्ने गरेको आरोप लाग्दै आएको छ । अर्कोरित व्यवसायीले राख्दै आएका हरेक माग हचुवाको भरमा पुरा गर्दै जाने सरकारी निकायको कमजोरीले थप प्रशय पाएको र त्यही कारण उपभोक्ता मारमा पर्ने गरेका छन् । व्यवसायीले पेट्रोलियम पदार्थको भाउ घट्दा कम परिमाणमा दुवानी तथा विक्रि गर्ने गरेको उपभोक्ताको गुनासो रहने गरेको छ । भाउ घटवढ हुनु पूर्वनै पेट्रोल पम्पमा तेल नभएको सूचना टाँस हुने गरेको छ । निगम कर्मचारीले त्यस्तो सूचना पहिलेनै चुहाउने गरेकाले पनि व्यवसायीले उपभोक्ता ठग्ने गरेको आरोप लाग्दै आएको छ । 


यसअघि विभिन्न पेट्रोल पम्पमा अनुगमनका क्रममा कम गुणस्तरको र कम परिमाणको तेल विक्रि भएको पाइएको थियो । सोही कारण सरकारले पेट्रोल पम्प सिलवन्दी गरेर कारवाही गरेपनि व्यवसायीले भने त्यो प्राविधिक समस्या भन्दै कारवाही गर्न नमिल्ने तर्क यसपटक पनि अघि सारेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप