शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विषादी प्रयोगले मानव स्वास्थ्यमा ठूलो समस्या ल्याउन सक्छः चिकित्सक संघ

बुधबार, २५ असार २०७६, १४ : ४३
बुधबार, २५ असार २०७६

काठमाडौँ । फलफूत तथा तरकारीमा प्रयोग गरिने विषादीले मानव स्वास्थ्यमा समस्या ल्याउँने भन्दै नेपाल चिकित्सक संघले सरकारको ध्यानाकर्षण गराएको छ । 

नेपाल चिकित्सक संघले प्रेस विज्ञप्ती जारी गर्दै सरकारले तरकारी तथा फलपूmलको बिषादी परीक्षण गर्ने निर्णयलाई कार्यान्वयन गर्नुको सट्टा मन्त्रीपरिषद्बाटै फिर्ता लिनु  गलत भएको उल्लेख गरेको छ । 

जनस्वास्थ्य सेवा ऐन २०७५ को दफा ३९ मा उपभोग्य वस्तुको गुणस्तरका लागि उत्पादन, भण्डारण तथा विक्रि वितरणलाई गुणस्तर र स्वस्थ बनाइने उल्लेख गरिए पनि  कानून गुणस्तर परीक्षणका लागि सरकार आफै जिम्मेवार हुनु पर्नेमा निर्णय फिर्ता लिएर जनताप्रतिको विश्वास, आशा र भरोसामाथी कुठाराघात गरेको विज्ञप्तीमा जनाएको छ । 

बिषादी फलफूल तथा तरकारीको सेवनले मानव शरीरमा अल्पकालिन र दीर्घकालिन समस्याहरु देखा पर्न पनि जनाएको छ । 

तरकारी तथा फलफूलमा प्रयोग गरेको विषादीले मानसिक असन्तुलन, स्वासप्रश्वासमा समस्या, झाडापखाला, पिसाबमा समस्या तथा छालामा संक्रमण देखिने जस्ता समस्याहरु तत्काल देखा पर्ने र दीर्घकालिन रुपमा मुटु, कलेजो, मृगौलामा गम्भिर असर पार्नुका साथै क्यान्सर जस्ता प्राणघातक रोग लाग्न सक्ने जनाएको छ ।

यस्तै बंशाणुगत असर जस्तै बाँझोपन लगायतका प्रजनन स्वास्थ्य सम्बन्धी समस्याहरु समेत देखा पर्न सक्ने पनि विज्ञप्तीमा भनिएको छ ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप