बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

मिसेस नेपाल ग्रान्डका नृत्य थरीथरीका

बिहीबार, २६ साउन २०७४, ११ : ०६
बिहीबार, २६ साउन २०७४

काठमाडौं – ‘मिसेस नेपाल ग्रान्ड–२०१७’ प्रतियोगीले थरी थरी नृत्य प्रस्तुत गरेका छन् । १८ वर्षदेखि ४० वर्षसम्मका प्रतियोगीले शास्त्रीय, आधुनिक, लोक, बेली, कम्टेम्प्ररी तथा हिपअप जस्ता नृत्य प्रस्तुत गरेका हुन् । 


ललितपुरको कुपन्डोलमा आयोजित ट्यालेन्ट शोमा प्रतियोगीले विभिन्न नृत्यसँगै, गायन, बतृत्वकलासमेत प्रस्तुत गरे । ¥याम्प जोन ईभेन्ट प्रा.लि.द्धारा अयोजित यो प्रतियोगितामा १६ जना प्रतिस्पर्धी छन् । 


ट्यालेन्ट शोमा नृत्य निर्देशक दिपक बज्राचार्य, सँगीतकार जुगल डंगोल, अभिनेत्री सारिका घिमिरे र पत्रकार एवं चलचित्र निर्देशक डब्बु क्षत्री निर्णाय थिए ।
२ भदौमा राष्ट्रिय नाचघरमा हुने अन्तिम प्रतिस्पर्धाबाट मिसेस नेपाल ग्रान्ड चयन हुने आयोजक संस्थाकी अध्यक्ष रमी श्रेष्ठले जानकारी दिइन् । 


 महिलाको व्यक्तित्व विकाशसँगै अघि बढ्न हौसला प्रदान गर्न प्रतियोगिता आयोजना गरिएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप