शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

यी युवतीले आफ्नो खुट्टा काट्न डाक्टरलाई पाँच वर्षसम्म फकाइन्, त्यसपछि बनिन् शानदार ‘डान्सर’

बुधबार, २५ असार २०७६, १० : ३३
बुधबार, २५ असार २०७६

एक बेलायती युवतीले आफ्नो खुट्टा काट्न डाक्टरलाई पाँच वर्षसम्म फकाइन् । खुट्टा काटेपछि उनले आफूलाई नयाँ ढङ्गले पुनर्निर्माण गरिन् । उनले आफूलाई एक शानदार गायिका एवं डान्सरको रुपमा आफूलाई विकास गरिन् । खुट्टा काटिएपछि ३१ वर्षकी भिक्टोरिया मोडेस्टाले  विभिन्न डिजाइनको नक्कली खुट्टाको प्रयोग गर्छिन् ।

हालै भिक्टोरियाले पेरिसको क्रेजी हर्समा आफ्नो शानदार प्रस्तुती दिइन् । त्यसपछि नै उनको व्यापक चर्चा भइरहेको छ । लातवियामा जन्मिएकी उनको जन्मलगत्तै एक दुर्घटनाका कारण बायाँ हिप र खुट्टामा समस्या आएको थियो ।

१२ वर्षको उमेरमा भिक्टोरिया लण्डन गइन् र २० वर्षको उमेरमा उनले आफ्नो खुट्टा काट्ने निर्णय गरिन् । विभिन्न शल्यक्रियापश्चात् पनि उनलाई भयंकर पीडा हुने र हिँड्न पनि समस्या भएका कारण खुट्टा नै काट्ने निर्णय लिएको उनले कुराकानीमा बताउने गर्छिन् ।

खुट्टा काटेपटि मात्र उनले आफ्नो शरीरमा नियन्त्रण हासिल गरेको उनले बताउँछिन् ।

अब उनी अमेरिकामा बस्छिन् र आफूलाई संसारको नागरिक बताउँछिन् । भिक्टोरियाका एकपटक भनेकी थिइन् कि खुट्टा काटेपछि उनले जीवनमा खुसी पाइन् । उनले भनेकी थिइन्, ‘जन्मिएको पाँच दिनसम्म आमाले मलाई हेरिनन् । मलाई अनाथालय पठाउन उनीमाथि दबाब थियो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप