केन्द्रीय संस्करण
अर्थ–वार्ता

‘भन्सारमा जे जति समस्या छन्, त्यसको ग्रान्ड डिजाइनर व्यापारी हुन्’

राजस्व लक्ष्य उच्च महत्त्वाकांक्षी भयो, भेट्टाउन सकिएन

person explore access_timeअसार २५, २०७६ chat_bubble_outline1

राजस्व संकलनलाई प्रभावकारी बनाउन अर्थमन्त्रीले पटक–पटक भन्सार मुहान नै सफा गर्नुपर्ने भन्दै आइरहेका हुन्छन् । उनी मन्त्री भएर आउने वित्तिकै भन्सार मुहान सफा गर्छ भनेको थिए । अर्बौैँ भन्सार छलीका मुद्दामा राजस्व अनुसन्धान विभागले अनुसन्धान पनि गरिरहेकै हुन्छ । पछिल्लो चरणको भन्सार मुहानमा भएको शुद्धिकरण, राजस्व संकलनको अवस्था, भन्सारमा समस्या खडा गर्ने डिजाइनर लगायत विषयमा भन्सार विभागका महानिर्देशक रामेश्वर दङ्गालसँग रातोपाटीकीएलिजा उप्रेतीले गरेको कुराकानीको अंश :

अहिले भन्सारको मुहान कस्तो छ ?

भन्सारमा विशेषत २–३ वटा विषय हुन्छन् । वस्तु जाँचपास गर्दा वस्तुको वर्गीकरण कुन एचएस कोडमा गरिएको छ सो अनुसार वस्तुको प्रतिशत तलमाथि हुनसक्छ । दोस्रो विषय भनेको वस्तु घटी÷बढी अर्थात् बढी सामान ल्याएर घटी घोषणा गर्ने र तेस्रो मूल्य (भ्यालुएसन) अर्थात्  विलबिजक खरिद गरिएको भन्दा कम पैसामा डिक्लेयर गर्छन् भन्ने हो । भन्सारमा ब्राण्डेड सामानहरु ल्याएर  लोकल सामानको बिल भर्पाइ गर्ने अथवा वस्तु नै फरक पार्ने, एउटा प्रकृतिको सामान राखेर अर्को प्रकृतिको सामान राख्ने सम्भावनाका कुरा हुन सक्छन् । तर यी सबै विषयमा अहिले धेरै सुधार भइसकेका छन् । सयमा सय नै सुधार नभएपनि धेरै सुधार चाहिँ भएकै हो ।  हाम्रो पाटोबाट हामी धेरै सुध्रिएका छौँ, सुधारेका छौँ ।

अहिले भन्सारमा जे जति छल हुन्छ त्यसमा भन्सार प्रशासनको दोष छैन, उनीहरु सबै सुध्रिएका छन् भन्नुहुन्छ तर भन्सारमा समस्यै समस्या रहेको हामी देख्न सक्छौँ । यसमा वास्तविक दोष चाहिँ कसको ?

मैले अघि भनेको तीनवटा विषय (वस्तु वर्गीकण, न्युन विजकीकरण, मूल्य निर्धारण) मा प्रमुख जिम्मेवार व्यापारी हुन् । यसको डिजाइनर, मुख्य लाभकर्ता के भन्नुहुन्छ सबै उनीहरु नै हुन् । व्यापारीले सही एचएस कोड घोषणा गर्छ, वस्तु फरक पार्दैन, मूल्य फरक पार्दैन, व्यापारीको राम्रो नियत छ भने आफै सुध्रिन्छ ।


भन्सार एजेन्टको हकमा हामीले पनि व्यापारीलाई विश्वास गरेर घोषणा गरिदिने हो । हामी सामान लिने ठाउँमा जाने होइन । भन्सार विन्दुमा नआइ सामान देख्दा पनि देख्दैनौँ । यदि व्यापारीले नियतवस नराम्रो काम गरे भने भन्सार प्रशासनलाई थाहा हुँदैन । व्यापारीले पेश गरेको कागजको हदसम्म भन्सार प्रशासन जिम्मेवार हुनसक्छ ।


भन्सारमा जे जति समस्या छ त्यसको जड भनेको व्यापारी नै हुन् भन्नुभएको हो ?

समस्याको जड आयातकर्ता (व्यापारी) हो । उनीहरु नै ग्रान्ड डिजाइनर हुन् । आयातकर्तालाई भन्सार एजेन्टले प्रज्ञापनपत्रका आधारमा कुन सामान कुन मूल्यको  हो, कुन एचएस कोडको सामान हो,  सामान कति छ जस्ता कुराहरु भरेर डिक्लेयर गरेर आशिकुडा प्रणालीमा बुझाउने गर्ने काम हुन्छ ।

हामीले भन्सार प्रशासनमा गरेको अनुसन्धानले के देखाएको छ भने  गलत काम भइरहेको छ कि छैन भन्ने कुराको जानकारी सबै व्यापारीलाई हुन्छ । उसले योजना नबनाइ ती काम हुँदैनन् । भन्सार एजेन्टको हकमा हामीले पनि व्यापारीलाई विश्वास गरेर घोषणा गरिदिने हो । हामी सामान लिने ठाउँमा जाने होइन । भन्सार विन्दुमा नआइ सामान देख्दा पनि देख्दैनौँ । यदि व्यापारीले नियतवस नराम्रो काम गरे भने भन्सार प्रशासनलाई थाहा हुँदैन । व्यापारीले पेश गरेको कागजको हदसम्म भन्सार प्रशासन जिम्मेवार हुनसक्छ । तर त्योभन्दा अगाडि बढेर आयातकर्ता सरहको जिम्मेवार भन्सार प्रशासनका कर्मचारीलाई बनाउँदा मारमा पर्छौँ भनेका छन् ।

तर यसमा हाम्रो भनाइ एजेन्ट भनेको व्यापारीकै आधिकारीक  प्रतिनिधि भएकाले त्यसको जिम्मेवारी लिनुपर्छ भन्ने हो । व्यापारीलाई विश्वासमा पारेर चिन्न सक्नुपथ्र्यो भन्ने हो ।

कर्मचारीले जाँचपास गर्ने सन्दर्भमा आशिकुडा प्रणालीमा सेलेक्टिभीटी मोडल छ । यसमा जोखिममा आधारित भएर केही इन्डिकेटर राखेका हुन्छौँ । कस्ता सामान कति जोखिम छ भनेर सामानहरुलाई रातो, पहेलो र हरियो च्यानलबाट छोड्ने भनेर सेलेक्टिभीटी लाग्छ । जुन सामान रेड च्यानलबाट जाने भनेको छ त्यो कर्मचारीले भौतिक भेरिफिकेसन गर्छ । घोषण गरे बमोजिम सामान छ की छैन भनेर हेर्छ । पहेलो च्यानलमा कागज मात्रै हेर्छ । विल भर्पाइ, कन्ट्री अफ ओरिजिन प्रज्ञापनपत्र आदीको जाँच गर्छ । वस्तुको मूल्य, परिणाम मिल्छ कि मिल्दैन भनेर हेर्छ । ग्रिन च्यानलमा लागेको मालवस्तुलाई भन्सार कार्यालयले केही पनि गर्दैन । पैसा बुझ्छ पठाइदिन्छ । जसरी कर प्रणालीमा स्वःघोषणाको सिद्धान्त छ त्यसैको  आधारमा राज्यले कर लिन्छ । भन्सारमा पनि त्यसैको आधारमा व्यापारीले घोषणा गरे अनुसारको कर हुन्छ । यसमा कानुनी सिद्धान्त अनुसार भन्सार प्रणालीमा घोषणा गर्ने कुरामा पूर्णरुपमा जिम्मेवार व्यापारी हो ।

भन्सार राजस्व छलीमा कर्मचारीको मिलोमतोमा गरिएको भन्दै भन्सार एजेन्टका अधिकारीहरु केही कारबाहीमा परेका थिए । तपाईं कसरी भन्नुहुन्छ कर्मचारीले गलत गर्दैनन् भनेर ?

कर्मचारीको तेस्रो तहमा जिम्मेवारी हुन्छ । ग्रिन लेनमा लागेको सन्दर्भमा कर्मचारीलाई जिम्मेवारी बनाउन मिल्दैन । किनभने सिद्धान्ततः व्यापारीले जे पेश गर्यो त्यो कर्मचारीले एग्री गरेकै हुन्छ । रेड लेन लागेको अवस्थाको सामानमा तलमाथि भयो भने हामी हाम्रा कर्मचारीलाई जिम्मेवार बनाउँछौ ।

एउटै ट्रकमा १०/१२ थरीका सामान मिसाएर ल्याएका हुन्छन् यस्तो अवस्थामा कर्मचारीलाई प्रमाणिकरणमा समस्या हुन्छ । संसारका सबै सामान जस्तै सियो देखि रकेटसम्म सबै सामान भन्सारका कर्मचारीले चिन्नुपर्छ । जीवनमा उपभोग नगरेका, कहिल्यै नदेखेका, कहिल्यै नसुनेका सामान पनि चिन्नुपर्छ । हामीले अहिले दाबी गर्ने भनेको हिजोको दिनमा भन्दा आजका दिनमा सुधार भएका छन् भन्ने हो ।


अण्डर विलिङको समस्या अहिले निकै कम छ ।  अण्डर विलिङ हुँदा व्यापारीले भन्सारमा पेश गर्ने र बजार मूल्यमा ठूलो अन्तर हुन्छ । हाम्रा कार्यालयहरुले यस्तो अवस्थामा क्रस भेरिफिकेसन गर्छ । यसमा हाम्रा केही डाटा छन् । विगत इतिहासको आधारमा सर्टेन डाटाबेस पेश गरेका छौ ।


सबै भन्सारमा अटोमेसन सिस्टम लागु भइसकेको हो ?

अहिले सबैमा अटोमेसन सिस्टम छ । मुख्य २६ भन्सारमा आशिकुडा लागु भइसकेकै छ । केही सानातिनामा लागु भएको छैन ।  पहिला केन्द्रमा बसेर मोनिटर गर्न सक्दैन थियौँ । सिस्टममा वर्ड लागु भएपछि सबै एउटै डाटाबेस छ । केन्द्रमा विभागले बसेर हरेक कुराको निगरानी गर्न सक्छ । एउटा भन्सारले गरेको जाँचपास अर्को भन्सारले पनि गर्न सक्छ । क्रस भेरिफिकेसन भएको छ ।

बर्षौँ देखिको न्युन विजकीकरणको समस्या अझै किन हट्न नसकेको होला ?

अण्डर विलिङको समस्या अहिले निकै कम छ ।  अण्डर विलिङ हुँदा व्यापारीले भन्सारमा पेश गर्ने र बजार मूल्यमा ठूलो अन्तर हुन्छ । हाम्रा कार्यालयहरुले यस्तो अवस्थामा क्रस भेरिफिकेसन गर्छ । यसमा हाम्रा केही डाटा छन् । विगत इतिहासको आधारमा सर्टेन डाटाबेस पेश गरेका छौ ।

अर्को कुरा बजारमूल्य उसले पेश गरेको मूल्य र बजारमा सामान खरिद गरेर ल्याएर भएपनि बुझ्छौँ । अनि त्यसमा धेरै फरक परेमा  तपाईंले पेश गरेको रकम यति तर बजारमा यतिमा बिक्री हुँदो रहेछ भनेर मूल्य बढाइदिन सक्छौँ । व्यापारीलाई चित्त बुझेन भने पुनरावलोकनका लागि मूल्याङ्कनको पुनरावलोकन समितिमा पुनरावलोकन दिन सक्छ । केही वस्तुमा न्युनतम खुद्रा मूल्य घोषणा गर्ने भन्ने छ । भन्सार प्रशासनभित्र स्पष्ट बुझाई छ । कतैपनि नचाहिदो गतिविधि हुन नदिने र यदि  कसैले गर्छ भने उसको आफ्नो निर्णय हो  र उ जुनसुकै बेला सकिन सक्छ ।  यसमा कर्मचारीलाई पनि कारबाही गरेका छौँ । व्यापारीले नियतपूर्वक गर्ने काममा कर्मचारीको मिलेमतो भएको त्यति देखिएको छैन ।

चालु आर्थिक वर्षको  अन्तिमतिर छौँ, राजस्व सङ्कलनको अवस्था कस्तो छ ?

प्रगतिको तुलनामा २३ प्रतिशत वृद्धि छ तर लक्ष्यको तुलनामा कम छ । लक्ष्य ४ खर्ब १८ अर्ब रुपैयाँ थियो । अहिले ३ खर्ब ५२ अर्ब उठेको छ । लक्ष्यअनुसार  उठ्न सक्ने देखिँदैन ।


राजस्वको नेचुरल ग्रोथ भनेको २२–२३ प्रतिशत हो । यो विगतदेखिकै वृद्धि हो । यो वर्ष हामीले ३२–३३ प्रतिशतको वृद्धिदर राख्यौँ । तर पनि प्राकृतिक वृद्धिभन्दा माथि गएन । लक्ष्य उच्च महत्त्वकांक्षी भयो तर कारोबार भएन ।


लक्ष्य नपुग्नुको कारण के हो ?

राजस्वको नेचुरल ग्रोथ भनेको २२–२३ प्रतिशत हो । यो विगतदेखिकै वृद्धि हो । यो वर्ष हामीले ३२–३३ प्रतिशतको वृद्धिदर राख्यौँ । तर पनि प्राकृतिक वृद्धिभन्दा माथि गएन । लक्ष्य उच्च महत्त्वकांक्षी भयो तर कारोबार भएन । यसलाई सहयोग गर्ने गरेर आयात पनि  भएन । हामीलाई धरै राजश्व हुने भनेको मोटर गाडीबाट हो । यो वर्ष सवारी साधनको वृद्धि उत्साहजनक छैन । यसले राजस्वमा असर गरेको छ । केही वस्तुहरु आयात हुन छाड्यो । गत वर्षको तुलनामा इन्धनको वृद्धि घटेको छ । आयात बढेपनि आयात वृद्धि घटेको छ । सिमेन्ट क्लिङ्कर जस्ताको आयात घटेको छ । यसमा हामी आत्मनिर्भर बन्दैछौँ । कृष्ण नगर भन्सार सिमेन्ट क्लिङ्कर आयातमा आधारित थियो तर आयात घटेपछि यसको राजस्व पनि घटेको छ ।

भन्सार विन्दुमा व्यापक सुधार गरेका छौँ भन्नुहुन्छ तर राजस्व संकलन विगतभन्दा बढ्न सकेको छैन, यसलाई कसरी लिने  ?

भन्सार विन्दुमा कडा भयो भने भन्सार जाँचपास प्रणाली यथार्थपरक भयो भने आायत पनि घट्दो रहेछ । भन्सारबाट थोरै राजस्व तिरेर ल्याउन पाइयो भने टन्नै ल्याउँदा रहेछन् । किनभने फाइदा बढी हुन्छ । विगत वर्षको तुलनामा २–३ गुणा पर ट्रकमा राजस्व बढेको छ । पहिला कुनै भन्सारमा २ लाख रुपैयाँ प्रति ट्रकको राजस्व आएको थियो भने अहिले ६ लाख रुपैयाँसम्म आएको छ । 

आयात घट्नुमा आयातकर्तालाई इन्सेन्टिभ छैन । यसले दुई–चार जना आयातकर्ता आएर व्यापार छोड्नुपर्यो भनिरहेका हुन्छन्  । केही वस्तुमा भन्सारको महसुल बढाएका छौँ । भन्सार विन्दुमा कडा गर्नु भनेको राजस्व बढ्छ भन्ने सम्भावना छैन । व्यापारिक प्रयोजनका  सामानमा धेरै आम्दानी हुनसक्ने अवस्था हुदो रहेनछ । सबै वर्ग र सबै खालका सोच भएका व्यापारी छन्  । ल्याउन चाहिँ भन्सारबाटै ल्याउने तर पाएसम्म दस्तावेज तलमाथि गरेर कम पैसा तिर्ने खालका व्यापारी पनि छन् । त्योभन्दा बाहेकको एउटा वर्ग छ जो सकेसम्म चोररे ल्याउन पाए हुन्थ्यो भन्ने । त्यो वर्गले भन्सार खुकुलो भयो भने भन्सारबाट ल्याउँदो रहेछ, टाइट भयो भने चोर्न थाल्दो रहेछ । किनभने उसलाई भन्सारबाट ल्याउँदा भन्दा बाहिरबाट ल्याउँदा इन्सेन्टिभ बढी भयो ।

भन्सारमा एकदमै रिफर्म गरिरहेका छौँ भनेर गर्भ गरिरहने तर राजस्व चाहिँ गत वर्षकै तुलनामा मात्र बढ्ने यो यथार्थ हो । चिनीको प्रतिबन्ध, जुस तथा सिन्थेटाइज जुस प्रतिबन्धले जुस आउन छोडेको छ  । यसले पनि राजस्व सङ्कलनमा असर गरेको छ ।

जनस्वाथ्यलाई प्रत्यक्ष असर गर्ने  खालका सामानहरु भन्सार नाकाबाट भित्रिरहेका हुन्छन् । विषादीरहीत सामान भित्र्याउन भन्सारले कस्तो भूमिका खेल्न सक्छ  ?

भन्सार विभागले कुनै पनि कुरा नियन्त्रण गर्ने निर्णय गर्न सक्दैन । त्यो निणर््ाय गर्ने अधिकारीक निकायहरु छन् । जस्तो वातावरणलाई प्रत्यक्ष असर गर्ने चेक–जाँच गर्नुपर्ने भनेर मापदण्ड तोक्ने काम वातावरण मन्त्रालयले गर्छ । कति परिणामको सामान कहिले ल्याउन सक्ने भन्ने तोकिदिने निकाय हुन्छन् । उनीहरुले यस्तो सामान मात्र छोड भनेको अवस्थामा हामीले छोड्ने हो । नेपाल सरकारको सम्बन्धित मन्त्रालयले  दिएको आदेश अनुसारको पालना हामीले गर्ने हो । जाँच पास गरेर दिने क्वारेन्टाइन, खाद्य प्रविधि प्रयोगशाला छन् । हामीले शंका लागेका केही वस्तुमा ल्याबटेस्ट गर्छौँ ।

भन्सार विभागले नयाँ के गर्दैछ ?

धेरै कुराको रिफर्म गर्दैछौँ । आशिकुडामा धेरै खालका मोडल लागु गर्नेछौ । भन्सार प्रणालीलाई पेपर लेस बनाउनेछौँ । कर्मचारी र व्यापारीको इन्टरफेसलाई अनलाइनबाटै सबै काम हुने व्यवस्था गर्छौ । भन्सार प्रणालीलाई आधुनिकतामा आधारित भएर सुधार गर्नेछौँ ।                                           

कमेन्ट

  1. July 10, 2019, 12:29 p.m. Sanuram katwal
    TI Airport custom ma praye jaso herne ho bhane nepal ka Domestik Airlines le pani thulo Tax chhaliraheko dekhinxa ,kina vane AOG ( Aeroplane of Ground) xa vanera saman import garne , under invoice garera maximum saman import garne , TT bina saman xutaune. yesta karan le Revenue collect huna sakeko xaina, testai Manifest anusar ko saman ho ki haina vanera custom officer le sign garda ra valuation garne section leramro naherne testai , paisako chalkhel garne thorai revenue collect garera saman pass garne . Custom Agent ko niyat dangerous xa testai custom employee haru ko. Tesaile system kada hunu paryo , manifest anusar ko goods ho haian herera saman pass garema DG Sir le & Finance Minister le vane bamojim revenue collect hune xa.
  2.  0 Reply

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...