शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

युरोपको सबैभन्दा ठूलो ‘सेक्स फेस्टिबल’ मा महिलालाई हृदयघात, विमानबाट पुर्‍याइयो अस्पताल

बुधबार, २५ असार २०७६, १० : ००
बुधबार, २५ असार २०७६

आजकाल इंगल्याण्डमा युरोपको सबैभन्दा ठूलो सेक्स फेस्टिबल चलिरहेको छ । यतिबेला एक महिलालाई कार्यक्रम स्थलमा नै हृदयघात भयो । महिलाको ज्यान बचाउनका लागि उनलाई एयर एम्बुलेन्सको मद्दतले अस्पताल पुर्याइयो जहाँ उनको उपचार चलिरहेको छ ।

स्थानीय पत्रिका ‘द सन’ को रिपोर्ट अनुसार इंगल्याण्डको वोर्केस्टारशायरमा आयोजित सेक्स फेस्टिबलमा ५२ वर्षीया महिला सामूहिक क्रियाकलापको क्रममा अचानक लडिन् । यद्यपि, अस्पतालमा अब उनको स्थिती सुधारोन्मुख बताइएको छ । महिलालाई चाँडै नै डिस्चार्ज गरिने बताइएको छ ।

यो कार्यक्रममा सेक्सप्रति उत्साही व्यक्तिका लागि विभिन्न प्रकारको गतिविधीको आयोजना गर्ने गरिन्छ जसमा पार्टनर बदल्नेदेखि अरुको अन्तरंग पल हेर्नेलगायकता काम गरिन्छ ।

रोचक कुरा के छ भने इंगल्याण्डमा पूरा युरोपको यो ‘सबैभन्दा ठूलो सेक्स फेस्टिबल’ हो जुन जुलाईको पहिलो विकेन्डमा आयोजना गरिन्छ । यो कार्यक्रममा भिन्न यौन चाहना भएका करिब सात सयको सहभागिता रह्यो । यो फेस्टिबलमा भाग लिनका लागि जोडीले दुई सय डलर तिरेका छन् ।

सेक्स फेस्टिबलको आयोजना वोर्केस्टरशायरको एउटा गाउँमा गरिएको छ जहाँ खुल्ला मैदानमा टेन्ट लगाएर मानिसहरु बस्ने व्यवस्था गरिएको छ । यो कार्यक्रममा भाग लिने सबै व्यक्तिलाई मिडियासँगको कुराकानीमा प्रतिबन्ध लगाइएको छ । यद्यपि, स्थानीयले यो फेस्टिबलको विषयमा प्रश्न पनि उठाएका छन् । विरोध हुनसक्ने भन्दै आयोजकले कडा सुरक्षाको व्यवस्था मिलाएका छन् ।

यो फेस्टिबलको विशेषता यो हो कि यसमा एलजीबीटीआईक्यू समुदायसहित सबै सेक्सुअल चोइस भएका व्यक्तिले भाग लिएका छन् । स्विंगफिल्ड नामबाट चर्चित यो फेस्टिबलका आयोजकले यसलाई इंगल्याण्डको एक्लो स्विंगर्स फेस्टिबल पनि बताउँछन् ।

यो सेक्स फेस्टिबललाई पूर्ण रुपमा गोप्य राखिएको थियो । कसैलाई पनि यसबारे पूर्व जानकारी नहोस् भन्नका लागि टिकट खरिद गर्ने व्यक्तिहरुलाई पनि कार्यक्रम सुरु हुनु ४८ घण्टा अघिमात्रै कार्यक्रमस्थलबारे जानकारी दिइएको थियो । स्विंगफिल्डको वेबसाइटका अनुसार यो पर्व हरेक वर्ष आयोजना गरिन्छ तर यसमा आयोजकको तर्फबाट कुनै पनि प्रकारको सेक्सुअल सर्भिस दिइने छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप