बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

नेइमारसँग पीएसजी रुस्ट

बुधबार, २५ असार २०७६, ०८ : ५१
बुधबार, २५ असार २०७६

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले कतैबाट उपयुक्त प्रस्ताव आएमा नेइमारले पीएसजी छाड्न सक्ने बताएको छ । पीएसजीले क्लबलाई उपयुक्त हुने प्रस्ताव आएका उनले छाड्न सक्ने संकेत दिएको हो ।

पछिल्लो समय नेइमार स्पेनिस क्लब बार्सिलोना फर्कन चाहेको हल्ला ब्यापक छ । नेइमार सोमबार पीएसजीको सिजनको पहिलो अभ्यास खेलमा नगएका कारण क्लबका पदाधिकारी रिसले चुर परेका छन् । पीएसजीका खेल निर्देशक लियोनार्दोले सबैलाई उपयुक्त हुने प्रस्ताव आएमा नेइमारले क्लब छाड्न सक्ने बताए । लियोनार्दोले नेइमारलाई लैजान पीएसजीमा अहिलेसम्म उपयुक्त प्रस्ताव नआएको र बार्सिलोनासँग सामान्य कुराकानी भएको खुलासा पनि गरेका छन् । नेइमार दुई बर्षअघि कीर्तिमानी दुई सय २२ मिलियन युरोमा पीएसजी पुगेका थिए ।

लियोनार्दोले पीएसजीलाई क्लबलाई माया गर्ने खेलाडी चाहिएको पनि बताएका छन् । ‘पिएसजीसँग यस्तो खेलाडी होस्, जो यहाँ बसेर धेरै राम्रो गर्न सक्छ । जो क्लबलाई मन पराउँदैन, त्यो खेलाडी क्लबलाई चाहिँदैन,’ लियोनार्दोले भने । पीएसजीले अभ्यासमा नआएका नेइमारलाई कारबाही गर्ने तयारी पनि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप